केजरीवालले दलित छात्रहरूका लागि डा. अम्बेडकर स्कलरशिपको घोषणा गरे
केजरीवालले दलित छात्रहरूका लागि डा. अम्बेडकर स्कलरशिपको घोषणा गरे


नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। दिल्ली विधानसभा चुनाउ अगाड़ी आम आदमी पार्टी (आआप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले ठूलो दाउ खेलेका छऩ्। उनले दलित छात्रहरूका लागि डा. अम्बेडकर स्कलरशिपको घोषणा गरेका छन्। शनिवार प्रेस वार्ता गरी केजरीवालले दिल्लीमा दलित छात्रहरूका लागि डा. अम्बेडकर स्कलरशिपको घोषणा गरे।

यस अवसरमा केजरीवालले भाजपा र केन्द्र सरकारलाई लक्षित गर्दै भने, तीन दिन अगाड़ी गृहमन्त्री अमित शाहले राज्यसभामा संविधानमाथि चर्चामा बाबा साहेब अम्बेडकरको मजाक उड़ाए। बाबा साहेब जब जिउँदो थिए तबपनि जीवनभरि उनका वरिपरिकाका मानिसहरूले उनको मजाक उड़ाउनेगर्थे। संसद बाबा साहेबको कारणले छ र त्यस संसदबाट उनको मजाक उड़ाइनेछ, यो कसैले कहिलेपनि सोचेको थिएन होला।

केजरीवालले भने, यसको हामी निन्दा गर्दछौं। म बाबा साहेबको सम्मानमा एउटा ठूलो घोषणा गरिरहेको छु। अब कुनैपनि दलित समाजको नानी पैसाको कमीको कारण उच्च शिक्षाबाट वञ्चित रहनेछैन। आज म डाक्टर अम्बेडकर स्कलरशिपको घोषणा गर्छु, जस अन्तर्गत दलित समाजको कुनैपनि नानी विश्वको कुनैपनि टप यूनिवर्सिटीमा पढ्न चाहे वा उसले त्यस यूनिवर्सिटीमा एडमिशन लिओस्, उसको सबै पढ़ाई-लेखाईको खर्चा दिल्ली सरकारले बेहोर्नेछ। यो स्कलशिप सरकारी कर्मचारीहरूका नानीहरूका लागि पनि लागू हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande