झारखण्डको लातेहारमा नक्सलीहरूसित भिड़न्तमा दुई जवान घाइते
झारखण्डको लातेहारमा नक्सलीहरूसित भिड़न्तमा दुई जवान घाइते


लातेहार, 07 अक्टोबर (हि.स.)। झारखण्डको लातेहार जिल्लाको सदर थाना क्षेत्र अन्तर्गत बोकाखाड़ जंगलमा सोमवार पुलिस र नक्सलीहरूबीच भिड़न्तमा दुई पुलिसकर्मीको खुट्टामा गोली लाग्यो। यद्यपि, दुवै खतरादेखि बाहिर बताइएका छन्।

घाइते पुलिसकर्मीहरूमा पलामू निवासी एएसआई नागेन्द्र पाण्डेय र चाइबासा निवासी आरक्षी राम सिंह सोरेन सामेल छन्। दुवैको लातेहार सदस्य अस्पतालमा उपचार भइऱहेको छ। भिड़न्तपछि पुलिसले पूरा क्षेत्रमा सर्च अभियान चलाइरहेको छ। यस सम्बन्धमा एसपी कुमार गौरवले भऩे, पुलिसलाई जेजेएमपी नक्सली संगठऩको एक दस्ता बोकाखाड़ जंगल वरिपरि जमा भएको सूचना पाइएको थियो। यस सूचनापछि पुलिसले नक्सलीहरू विरूद्ध सर्च अभियान चलायो।

जंगलमा पुलिसलाई आएको देखेर नक्सलीहरूले पुलिसमाथि गोलीबारी शुरू गरे। जवाफमा पुलिसले पनि गोलीबारी गर्दा आफूलाई कमजोर भएको देखेर नक्सलीहरू जंगलको लाभ उठाएऱ भागे। यस भिड़न्तमा दुई पुलिसकर्मी घाइते भएका छन्। यद्यपि, दुवैको स्थिति खतरादेखि बाहिर छ।

एसपीले भने, पुलिसले घटनास्थलमा सर्च अभियान चलाएर तीन देशी बन्दूक समेत अन्य समान जफत गरेको छ। पूरा क्षेत्रमा घेराबन्दी गरी सर्च अभियान जारी राखिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande