नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आज कुवैतको दुई दिवसीय राजकीय यात्रामा प्रस्थान भए। प्रस्थान हुन अगाड़ी आफ्नो एक वक्तव्यमा प्रधानमन्त्रीले भऩे, भारत र खाड़ी देश पश्चिम एशियामा शान्ति, सुरक्षा र स्थिरतामा साझा रूचि राख्छन्।
उनले भनेका छऩ्, आज म कुवैत राज्यका अमीर शेख मेशाल अल-अहमद अल-जबर अल-सबाको निम्तोमा कुवैतको दुई दिवसीय यात्रामा गइरहेको छु। हामी कुवैतको साथ पीढ़ीहरूदेखि चल्दै आइरहेको एतिहासिक सम्बन्धलाई धेरै महत्व दिन्छौं। हामी न केवल मजबुत व्यापार र उर्जाको क्षेत्रहरूमा भागीदार हौं तर पश्चिम एशिया क्षेत्रमा शान्ति, सुरक्षा, स्थिरता र समृद्धिमा पनि हाम्रो साझा हित छ।
उनले भऩे, म अमीर, क्राउन प्रिन्स र कुवैतका प्रधानमन्त्रीको साथ आफ्नो बैठकहरूको निम्ति उत्सुक छु। यो हाम्रो जनता र क्षेत्रको लाभको निम्ति भविष्यको साझेदारीको निम्ति एक रोडम्याप तयार गर्ने अवसर हुनेछ। म कुवैतमा भारतीय प्रवासीहरूसित भेट्न उत्सुकताले प्रतिक्षा गरिरहेको छु, जसले दुवै देशबीच मित्रताको बन्धनलाई मजबुत गर्नमा अहम योगदान दिएका छऩ्। म खाड़ी क्षेत्रको एक प्रमुख खेल आयोजन, अरेबियन गल्फ कपको उद्घाटन समारोहमा आमन्त्रित गरिएको विशेष संकेतको निम्ति कुवैतको नेतृत्वप्रति आफ्नो आभार व्यक्त गर्दछु।
उल्लेख्य, प्रधानमन्त्री नरेन्द्र मोदीको कुवैत यात्रा गत 43 वर्षमा कुनै भारतीय प्रधानमन्त्रीको पहिलो यात्रा हो। कुवैतको यात्रा गर्ने अन्तिम भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी थिइन्, जसले 1981 मा त्यहाँको यात्रा गरेकी थिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी