गान्तोक, 07 अक्टोबर (हि.स.)। टोकल बर्मेक ग्राम पञ्चायत यूनिटले आज उक्त जीपीयू अन्तर्गत पर्ने दोकानहरूको निरीक्षण गरेको जानकारी गराइएको छ। पञ्चायत अध्यक्षको नेतृत्वमा गरिएको निरीक्षणको क्रममा पञ्चायतका अन्य सदस्यहरू पनि सामेल रहेका थिए।
निरीक्षण गर्नुको मुख्य उद्देश्य व्यापारीहरूको लाइसेन्सको सत्यापन गर्नको साथै अन्य कागजपत्रहरूको जाँच गर्नु रहेको थियो। यस अवसरमा केवल लाइसेन्सको मात्र जाँच नगरेर उनीहरूलाई फोहोर प्रबन्धन लगायत अन्यबारे पनि सचेत गराएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल