नयाँ दिल्ली, 07 अक्टोबर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले आज संविधान सदनको केन्द्रिय कक्षमा लोकसभाका पूर्व अध्य़क्ष बलिराम भगतको जयन्तीमा उनलाई पुष्पाञ्जलि अर्पित गरे। संसद सदस्यहरू, पूर्व सदस्यहरू, लोकसभा सचिवालय र राज्य सभा सचिवालयका वरिष्ठ अधिकारीहरूले पनि बलिराम भगतलाई श्रद्धाञ्जलि अर्पित गरे।
संसदीय अऩुभव र संसदीय पद्धतिहरू र प्रक्रियाहरूको गहन जानकारी राख्ने स्वतन्त्रता सेनानी भगत 05 जनवरी 1976 मा पाँचौं लोकसभाको अध्यक्ष पदमा निर्वाचित भए। उनी अन्तरिम संसद र पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, सातौं र आठौं लोकसभाको सदस्य पनि रहे।
केन्द्रिय मन्त्रीको रूपमा उनले वित्त, योजना, रक्षा, विदेश मामिला, विदेश व्यापार र आपूर्ति, इस्पात र भारी इन्जीनियरिङ जस्ता महत्वपूर्ण विभागहरूको कार्यभार सम्हाले। उनी फरवरी 1993 देखि चार महिनाको निम्ति हिमाचल प्रदेशको राज्यपाल र 30 जून 1993 देखि 1 मई 1998 सम्म राजस्थानको राज्यपालको रूपमा कार्यरत रहे।
बलिराम भगतको 2 जनवरी 2011 मा नयाँ दिल्लीमा निधन भएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी