एनपीसीले पहिलोपल्ट सिक्किममा बडीबिल्डिङ च्याम्पियनशिप आयोजना गर्ने
एनपीसीले पहिलोपल्ट सिक्किममा बडीबिल्डिङ च्याम्पियनशिप आयोजना गर्ने


गान्तोक, 20 नोभेम्बर (हि.स.)। सिक्किममा पहिलोपल्ट नेशनल फिजिक कमिटी (एनपीसी) ले बडीबिल्डिङ च्याम्पियनशिप आयोजना गरिरहेको छ। सिक्किम मात्र नभएर पश्चिम बंगालमा पनि पहिले एनपीसीले च्याम्पियनशिप आयोजना नगरेको दबी गरिएको छ। उक्त च्याम्पियनशिप 8 फरवरी, 2025 मा आयोजना हुनेछ।

एनपीसी सिक्किमका प्रतिनिधिहरू छिरिङ दोर्जी भोटिया, पासाङ तामाङ, बिकी मंगर, सुरेश छेत्री, दिपेन्द्र मुखिया र नर्बु भोटियाले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। प्रतिनिधिहरू अनुसार, बडीबिल्डिङ उत्साहीहरूको निम्ति एनसीपीसॅंग समन्वय गरेर पहिलोपल्ट सिक्किममा यो च्याम्पियनशिप आयोजना हुन लागिरहेको छ। यसमा सिक्किम लगायत राज्य बाहिरका इच्छुक खेलाड़ीहरूले भाग लिन सक्नेछन्।

उनीहरूले एनसीपीको महत्वमाथि प्रकाश पार्दै भने, एनसीपीमा भाग लिएपछि बडीबिल्डरहरूले शरू क्लासिक र अमेचुअर ओलम्पियामा भाग लिने अवसर प्राप्त गर्नेछन्। यसपछि, खेलाड़ीहरूले प्रो कार्ड प्राप्त गर्नेछन् र उनीहरूले भारत प्रो शोमा भाग लिन पाउनेछन्। यसैगरी, प्रो कार्ड धारकहरूले नै देश-विदेशका प्रतिष्ठित बडीबिल्डिङ च्याम्पियनशिपहरूमा भाग लिने अवसर पाउनेछन्।

प्रो कार्ड प्राप्त गर्न राज्यका बडीबिल्डरहरू देशका अन्य राज्यहरू र विदेशका जानु पर्ने स्थिति रहेको उनीहरूले बताएका छन्। तर, यसपाली इच्छुक बडीबिल्डरहरूको निम्ति सिक्किममै यो सुविधा प्राप्त भइरहेको छ। उनीहरूले इच्छुक बडीबिल्डरहरूलाई एनपीसी सिक्किमसॅंग सम्पर्क गर्न आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande