नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले पर्य़टन क्षेत्रमा अनेकौं मानिसहरूको जीवनमा समृद्धि ल्याउने क्षमता छ, यसलाई मध्यनजर राखेर सरकारले भारतको पर्यटन बुनियादी ढांचालाई बढ़ाउनमाथि ध्यान केन्द्रित गर्नु जारी राख्ने भनेका छऩ्।
केन्द्रिय मन्त्री गजेन्द्र सिंह शेखावतको एक्स पोस्टमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले भनेका छन्, पर्यटनमा अनेकौं मानिसहरूको जीवनमा समृद्धि ल्याउने क्षमता छ। हाम्रो सरकारले भारतको पर्यटन बुनियादी ढांचालाई बढ़ाउनमाथि ध्यान केन्द्रित गर्नु जारी राख्नेछ ताकि धेरै भन्दा धेरै मानिसहरूले अतुल्य भारतका चमत्कारहरूको अनुभव गर्नसक्ने सुनिश्चित गर्नसकियोस्।
यस अगाड़ी केन्द्रिय मन्त्री गजेन्द्र सिंह शेखावतले एक्सपमा पोस्ट गरेका छन्, पूरा विश्व भारतको हरेक कुनालाई देखोस्, यो सुनिश्चित गर्नुपर्नेछ। भारतको पर्यटन क्षेत्रलाई भारी प्रोत्साहन दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्व हाम्रो सरकारले आज पूञ्जी निवेशको निम्ति राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई विशेष सहायता (एसएएससीआई) योजना अन्तर्गत 23 राज्यमा 40 परियोजनाहरूलाई अनुमति दिएको छ, ताकि प्रतिष्ठित पर्यटन केन्द्रहरूलाई वैश्विक मानकहरू अनुरूप विकसित गर्न सकियोस्।
उनले भनेका छऩ्, 3,295.76 करोड़ रूपियाँ लागतका यी परियोजनाहरू स्थानीय अर्थव्यवस्थालाई प्रोत्साहन दिनेछ र स्थायी पर्यटनको माध्यमले रोजगार श्रृजन गर्नेछ। लोकप्रिय स्थलहरूमा भीड़ कम गर्ने, उन्नत तकनीकहरूलाई एकीकृत गर्ने, स्थायी प्रथाहरूलाई प्रोत्साहन दिने, बुनियादी ढांचा र आगन्तुकहरूको अऩुभवहरूलाई बढ़ाउनका लागि सार्वजनिक-निजी भागीदारीलाई प्रोत्साहित गर्नदेखि लिएर भारतको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक भव्यताको आनन्द लिने इच्छुक सबैका लागि विश्व विस्तरीय अनुभव सुनिश्चित गर्न धेरै उपायहरू गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी