नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। यस साल सम्पन्न भएको लोकसभा चुनाउमा 64.64 करोड़ मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गरेर रेकर्ड बनाए। 2024 मा दर्ता नामाकंनहरूको संख्या 12,459 थियो जबकि 2019 मा यो संख्या 11,692 थियो। यसैगरी 2019 मा 8,054 उम्मेदवारहरूले चुनाउ लड़े भने 2024 मा कूल 8,360 उम्मेदवारहरूले चुनाउ लड़े। यो जानकारी भारत निर्वाचन आयोगले लोकसभा चुनाउ 2024 माथि जारी रिपोर्टमा दिएको हो।
रिपोर्ट अनुसार, यस चुनाउमा महिला मतदाताहरूले आफ्नो उपस्थिति र भागीदारीले लोकतन्त्रलाई नयाँ शिखरमा लगे, जुन महिलाहरूको मताधिकारको नयाँ मानकको संकेत हो। महिला मतदाताहरूको मतदान औसत 65.78 प्रतिशत रह्यो जबकि पुरूष मतदाताहरूको यो औसत 65.55 प्रतिशत थियो। महिला उम्मेदवारहरूको संख्या 800 थियो भने 2019 मा यो संख्या 726 थियो। 2019 को तुलनामा थर्ड-जेन्डर मतदाताहरूमा 46.4 प्रतिशतको वृद्धि भएको छ। 2024 मा 90,28,696 पंजीकृत दिव्याङ्ग मतदाता रहे जबकि 2019 मा यो संख्या 61,67,482 थियो। वर्ष 2019 मा 540 मतदान केन्द्रहरूको तुलनामा वर्ष 2024 मा केवल 40 मतदान केन्द्रहरूमा पुनर्मतदान भयो।
वस्तुतः भारत निर्व वाचन आय़ोगले लोकसभा चुनाउ 2024 मा 42 सांख्यिकीय रिपोर्ट र एक साथ गराइएका चार राज्य विधानसभा चुनाउहरूमाथि 14-14 रिपोर्टहरू जारी गरेको छ। आयोगको भनाई छ, यी लगभग 100 सांख्यिकीय रिपोर्ट गहन विश्लेषण र नीतिगत अन्तर्दृष्टिको निम्ति विश्वभरिका शिक्षाविदहरू, शोधकर्ताहरू र चुनाउ पर्यवेक्षकहरूका लागि एक महत्वपूर्ण खजाना सरह हुनेछ।
आय़ोग अनुसार, यस रिपोर्टमा उपलब्ध डेटा सेट संसदीय निर्वाचन क्षेत्रहरू, विधानसभा निर्वाचन क्षेत्रहरू र राज्यवार मतदाताहरू, मतदान केन्द्रहरूको संख्या, राज्य तथा संसदीय निर्वाचन क्षेत्रवार मतदाता मतदान, पार्टीको आधारमा भोट शेयर, लिंग आधारित मतदान व्यवहार, महिला मतदाताहरूको राज्यवार भागीदारी, क्षेत्रीय विविधताहरू, निर्वाचन क्षेत्र डेटा सारांश रिपोर्ट, राष्ट्रिय पार्टीहरू, राज्य स्तरीय पार्टीहरू, पंजीकृत गैर-मान्यता प्राप्त राजनीतिक दल (आरयूपीपी) को प्रदर्शन, जित्ने उम्मेदवारहरूको विश्लेषण, निर्वाचन क्षेत्रवार विस्तृत परिणाम र धेरै कुराको विवरण प्रदान गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी