सफलताको भ्रामक दाबी गर्ने तीन कोचिङ इन्स्टीट्यूटमाथि कारबाही गरियो, सीसीपीएले लगायो जरिमाना
सफलताको भ्रामक दाबी गर्ने तीन कोचिङ इन्स्टीट्यूटमाथि कारबाही गरियो, सीसीपीएले लगायो जरिमाना


नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) ले संघ लोक सेवा आयोग (यूपीएससी) को सिविल सेवा परीक्षा (सीएसई) 2022 र 2023 को परिणामहरूको सम्बन्धमा भ्रामक दाबीहरूको विज्ञापन गर्नका लागि वाजीराव एण्ड रेड्डी इन्स्टीट्यूट र स्टडीआईक्यू आईएएसमाथि 7-7 लाख रूपियाँ र एज आईएएसमाथि एक लाख रूपियाँको जरिमाना लगाएको छ।

खाद्य, सार्वजनिक वितरण एवं उपभोक्ता मामिलाहरूको मन्त्रालयले आज एक बयानमा भनेको छ, मुख्य आयुक्त निधि खरे र आयुक्त अनुपम मिश्राको अध्यक्षतामा केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरणले उपभोक्ता संरक्षण अधिनियम, 2019 को उल्लंघनको निम्ति यो जरिमाना लगाएको हो। यसका साथै सीसीपीएले तत्काल प्रभावदेखि वाजीराव एण्ड रेड्डी इन्स्टीट्यूट, स्टडीआईक्यू आईएएस स्टडी र एज आईएएसलाई भ्रामक विज्ञापन बन्द गर्ने आदेश दिएको छ।

प्राधिकरणले उपभोक्ताहरूको अधिकारहरूको रक्षा र त्यसलाई प्रोत्साहन दिनको निम्ति यो कारबाही गरेको हो। यसबाट उपभोक्ता संरक्षण अधिनियम 2019 को प्रावधानहरूको उल्लंघन गर्ने कुनैपनि समान वा सेवाको निम्ति कुनै गलत वा भ्रामक विज्ञापन नगरिने सनिश्चित हुनेछ।

सीसीपीएको जाँच अनुसार वाजीराव एण्ड रेड्डी इन्स्टीट्यूटले आफ्नो विज्ञापनमा निम्नलिखित दावी गरेका छ-

यूपीएससी सीएसई 2022 मा 933 मध्ये 617 चयन,

टप 10 एआईआरमा 7, टप 20 एआईआरमा 16,

टप 50 एआईआरमा 39,

टप 100 एआईआरमा 72,

भारतमा शीर्ष यूपीएससी कोचिङ संस्थानहरूको सूचीमा हामी पहिलो स्थानमा छौं। सीसीपीएले जाँचमा पायो कि वाजीराव एण्ड रेड्डी इन्स्टीट्यूटले सफल उम्मेदवारहरूको नाम र फोटो प्रमुखताले प्रदर्शित गरेको छ। यसका साथै आफ्नो आधिकारिक वेबसाइटमा विभिन्न प्रकारका सशुल्क पाठ्यक्रमहरूको विज्ञापन पनि गऱ्यो। यद्यपि, उपर्युक्त विज्ञापनमा यूपीएससी सिविल सेवा परीक्षा 2022 मा उक्त सफल उम्मेदवारहरूद्वारा चुनिएका पाठ्यक्रमको सम्बन्धमा जानकारी दिइएको थिएन।

सीसीपीएले जाँचमा पायो कि दाबी गरिएका सबै 617 सफल उम्मेदवार साक्षात्कार मार्गदर्शन कार्यक्रम अन्तर्गत नामांकित थिए। सफल उम्मेदवारहरूले सीएसईको अन्तिम चयनमा ठाउँ बनाउनका लागि कोचिङ संस्थानबाट कुन विशिष्ट पाठ्यक्रम लिएका थिए, यसबारे जानकारी पाउनु उपभोक्ताको अधिकार हो। सम्भावित उपभोक्ताहरूका लागि यो जानकारी सीएसईमा उनीहरूको सफलताको निम्ति चुनिने पाठ्यक्रमबारे निर्णय लिनमा सहायक हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande