नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय युवाहरूको साहस र सामर्थ्यको सराहना गर्दै आजका युवाहरू सामू विकसित भारतको लक्ष्य छ भनेका छन्। उनले भने, युवाहरूको कारण विकसित भारत र आत्मनिर्भर भारतको सफलता सुनिश्चित छ।
प्रधानमन्त्रीले बिहिवार नयाँ दिल्लीको भारत मण्डपममा वीर बाल दिवस समारोहलाई सम्बोधित गरिरहेका थिए। यस अवधि उनले ‘सुपोषित ग्राम पञ्चायत अभियान’ को शुभारम्भ पनि गरे। यसको उद्देश्य पोषण सम्बन्धी सेवाहरूको कार्यान्वयनलाई मजबुत गरेर र सक्रिय सामुदायिक भागीदारी सुनिश्चित गरी पोषण सम्बन्धी परिणामहरू र कल्याणमा सुधार गर्नु हो। प्रधानमन्त्री मोदीले कार्यक्रममा प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार (पीएमआरबीपी) का विजेता नानीहरूसित पनि कुरा गरे।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा युवाहरूलाई भविष्योन्मुखी बनाउने आवश्यकतामाथि बल दिए औं भने, युवा केवल किताबी ज्ञानसम्म सीमित रहनुहुँदैन। प्रधानमन्त्रीले देशको आजादीको समय युवाहरूको भूमिकादेखि लिएर वर्तमान समयमा विदेशी कम्पनीहरूको शीर्षमा भारतीयहरू पदस्थ भएको उल्लेख गरे। उनले भने, आजका युवाहरू सामू विकसित भारतको लक्ष्य छ। यस दशकमा हामीले आगामी 25 वर्षको तीव्र विकासको आधार राख्नुपर्छ, यसको निम्ति भारतका युवाहरूले धेरैभन्दा धेरै यस समयको लाभ उठाउनुपर्नेछ। हरेक सेक्टरमा स्वयं पनि अगाड़ी बढ्नुछ र देशलाई पनि अगाड़ी बढ़ाउनु छ।
प्रधानमन्त्रीले लाल किल्लाबाट दिइएको आफ्नो भाषणको उल्लेख गर्दै देशमा गैर-राजनीतिक पृष्ठभूमिको एक लाख युवाहरूलाई राजनीतिमा ल्याउने संकल्प दोहोराए। उनले आगामी 25 वर्षका लागि यस शुरूआतलाई धेरै महत्वपूर्ण ठहर गरे। उनले युवाहरूसित यस अभियानको हिस्सा बन्ने अपील गर्दै भने, देशको राजनीतिमा एक नवीन पीढ़ीको उदयको निम्ति यो आवश्यक हो। 2025 मा स्वामी विवेकानन्दको जयन्तीको अवसरमा विकसित भारत यङ लीडर्स डायलगको पनि आयोजन हुनेछ। देशभरिका लाखौं युवा यसको हिस्सा बन्नेछन्। यसमा विकसित भारतको विजनमाथि चर्चा गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी