चुङथाङ जीपीयूका मागहरूलाई सम्बोधन गर्ने कार्य योजनाको समीक्षा बैठक
चुङथाङ जीपीयूका मागहरूलाई सम्बोधन गर्ने कार्य योजनाको समीक्षा बैठक


मंगन, 29 नोभेम्बर (हि.स.)। मंगन जिल्लाका जिल्लापाल अन्नत जैनको अध्यक्षतामा आज चुङथाङ ग्राम पञ्चायत एकाईका मानिसहरूको संकलित सार्वजनिक मागलाई सम्बोधन गर्ने कार्य योजनाको समीक्षा गर्न बैठक गरियो। उल्लेखनीय छ, चुङथाङ जीपीयूलाई राज्यका राज्यपाल ओम प्रकाश माथुरले गत 12 नोभेम्बरको दिन यस जीपीयूको आर्थिक-सामाजिक विकासको निम्ति काख लिएको घोषणा गरेका थिए। यो निर्णय उनको हालैको मंगन भ्रमणको क्रममा जनताले उठाएका मागहरूको आग्रहमा गरिएको बताइएको छ।चुङथाङ ग्राम पञ्चायत यूनिटका पाँच वार्डहरू जसमा चुङथाङ, पेगोङ, थेङ, छोतेन र बीओपी सामेल छन्। बैठकमा जिल्लापालले क्रमबद्ध ढङ्गमा सबै कामहरूको स्थितिबारेमा जानकारी लिए। विभागहरूलाई प्रारम्भ गरिएका, सम्पन्न भएका वा थप प्रगतिका लागि सर्वेक्षण आवश्यक पर्ने कामहरूको विवरणसहितको प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइएको छ।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande