नयाँ दिल्ली, 04 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशमा आगरा नजिक सोमवार वायु सेनाको एक मिग-29 लड़ाकू विमान दुर्घटनाग्रस्त भयो। विमानले पञ्जाबको आदमपुरबाट उड़ान भरेको थियो र अभ्यासको निम्ति आगरा गइऱहेको थियो।
दुर्घटना अगाड़ी विमानको पायलट सहित दुई जना सुरक्षित बाहिर कुदे, जसबाट उनीहरूको ज्यान बाँच्यो। दुर्घटनाको विस्तृत जानकारीको निम्ति कोर्ट अफ इन्क्वायरीको आदेश दिइने सम्भावना छ। वायु सेनाको मिग-29 लड़ाकू विमानले आज दिउँसो पञ्जाबको आदमपुरबाट उड़ान भर्यो तर उत्तर प्रदेशको आगरामा दुर्घटनाग्रस्त भयो। विमान क्र्याश भएर जमीनमा झऱ्यो, जसपछि त्यसमा आगो लाग्यो।
हिन्दुस्थान समाचार / भवानी थामी