कनाडामा हिन्दू मन्दिरमा खालिस्तान समर्थकहरूको हमला निन्दनीय- विहिप
कनाडामा हिन्दू मन्दिरमा खालिस्तान समर्थकहरूको हमला निन्दनीय- विहिप


नयाँ दिल्ली, 04 नोभेम्बर (हि.स.)। विश्व हिन्दू परिषद (विहिप) ले कनाडामा हिन्दू मन्दिरमा खालिस्तान समर्थकहरूद्वारा गरिएको हमलाको निन्दा गरेको छ। विहिपका अन्तरराष्ट्रिय अध्यक्ष आलोक कुमारले सोमवार यहाँ जारी एक बयानमा भनेका छन्, कनाडामा हिन्दू मन्दिरमा खालिस्तान समर्थकहरूद्वारा गरिएको हमला अत्यन्तै निन्दनीय हो। त्यहाँ भारतीय दूतावासद्वारा एक क्याम्पको आयोजना गरिएको थियो। दूतावासले यसको पूर्व सूचना तीन दिन अगाड़ी कनाडा सरकारलाई दिएको थियो र उचित सुरक्षाको आग्रह पनि गरेको थियो, जसलाई अदेखा गरियो। 31 अक्टोबरमा दिवालीको अवसरमा कनाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले आफ्नो वक्तव्यमा भऩेका थिए, इण्डो-केनेडियनले कनाडाको सर्वश्रेष्ठको प्रतिनिधित्व गर्दछ। हामी हिन्दू कनाडाई मानिसहरूको सुरक्षा सुनिश्चित गर्न सदैव उनीहरूको साथ खड़ा रहनेछौं ताकि उनीहरू स्वतन्त्र रूपमा र गर्वको साथ आफ्नो धर्मको पालन गर्न सकुन्।

आलोक कुमारले भऩेका छन्, कनाडाका प्रधानमन्त्रीको यो घोषणा खोक्रो प्रमाणित भयो। कनाडामा मन्दिरमाथि हमलाको यो पहिलो घटना होइन। यस अगाड़ीपनि ग्रेटर टोरन्टो, ब्रिटिश कोलम्बिया र ब्रेम्पटनमा हिन्दू मन्दिरहरूमाथि हमला भएको छ। कनाडामा जस्टिन ट्रूडोको लोकप्रयिता कम भएको छ। उनकै सांसदहरूले सार्वजनिक रूपमा उनको त्यागपत्र मागेका छन्। उनको कुर्सी खालिस्तान समर्थक सांसदहरूमाथि निर्भर छ, यसैले उनको खुल्ला समर्थन खालिस्तानीहरूको साथ छ। उनको यस रबैयाको कारण भारत र कनाडाबीच सम्बन्ध पनि खराब भएको छ। कनाडा देशको मूल सिद्धान्त लोकतन्त्र, कानूनको राज र धर्मनिरपेक्षताको पनि हनन हो। हामी हिन्दू मन्दिरमाथि भएको हमलाको भर्त्सना गर्दछौं। कनाडाको वर्तमान सरकार र खालिस्तान समर्थकहरूलाई त्यहाँका हिन्दूहरूलाई पनि आफ्नो आत्मरक्षाको अधिकार प्राप्त छ र आवश्यकता परेमा उनीहरूलाई यसको प्रयोग गर्नैपर्छ भनेर थाहा हुनुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande