नयाँ दिल्ली, 04 नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू र केन्रि्रय गृहमन्त्री अमित शाहले सोमवार उत्तराखण्डको अल्मोड़ामा भएको बस दुर्घटनामा शोक व्यक्त गरेका छऩ् र शोक संतप्त परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्।
राष्ट्रपतिले सोशल मीडिया एक्समा आफ्नो शोक सन्देश साझा गर्दै भनेका छऩ्, अल्मोड़ा, उत्तराखण्डमा एक सड़क दुर्घटनामा महिलाहरू र नानीहरू सहित धेरैको मृत्युको समाचार हृदयक विदारक हो। म शोक संतप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु तथा घाइते भएका मानिसहरू शीघ्र स्वस्थ हुने कामना गर्दछु।
केन्द्रिय गृह मन्त्री अमित शाहले पनि अल्मोड़ा बस दुर्घटनामा शोक व्यक्त गर्दै एक्समा पोस्ट गरेका छन्, उत्तराखण्डको अल्मोड़ामा भएको बस दुर्घटना अत्यन्त दुःखद हो। यस दुर्घटनामा आफ्नो जीवन गुमाउने मानिसहरूका परिजनहरूप्रति समवेदना व्यक्त गर्दछु। स्थानीय प्रशासनद्वारा घाइतेहरूलाई त्वरित उपचार उपलब्ध गराइँदैछ। ईश्वरसित घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी