नयाँ दिल्ली, 04 नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्र सरकारको समावेशी प्रयासहरूले नागरिक उड्डयन क्षेत्रमा महिलाहरूको प्रगतिले प्रोत्साहन पाएको छ भनेकी छऩ्। उनले भऩिन्, अब धेरैभऩ्दा धेरै महिलाहरूले विमाननलाई आफ्नो करियरको रूपमा रोजिरहेका छन्।
राष्ट्रपति मुर्मू आज राष्ट्रपति भवनमा भारतीय विमानन क्षेत्रमा उपलब्धी हासिल गर्ने महिलाहरूको एक समूहको साथ कुराकानी गरिरहेकी थिइन्। यो बैठक “द प्रेसिडेन्ट विद द पीपल” पहल अन्तर्गत भयो, जसको उद्देश्य मानिसहरूको साथ गहिरो सम्बन्ध स्थापित गर्नु र उनीहरूको योगदानलाई मान्यता दिनु हो। भारत सरकारको समावेशी प्रयासहरूले नागरिक उड्डयन क्षेत्रमा महिलाहरूको प्रगतिले प्रोत्साहन पाएको छ। अब धेरैभन्दा धेरै महिलाहरूले विमाननलाई आफ्नो करियरको रूपमा रोजिरहेका छन्।
विमानन उद्योगमा महिलाहरूको भागीदारी बढ़ाउनका साथै यस क्षेत्रमा अगाड़ी बढ्नका लागि समान अवसर पनि आवश्यक हो भऩी उनले जोड दिइन्। उनले भनेकी छन्, भारतको नागरिक उड्डयन क्षेत्रमा महिलाहरू विभिन्न परिचलान र तकनीकी क्षेत्रहरूमा महत्वपूर्ण भूमिका निभाइरहेका छऩ्। 15 प्रतिशत एयर ट्राफिक कन्ट्रोलर महिलाहरू छन्, 11 प्रतिशत फ्लाइट डिस्पेचर महिलाहरू छऩ् र 9 प्रतिशत एयरोस्पेस इन्जीनियर महिलाहरू छन्। गत साल वाणिज्यिक लाइसेन्स प्राप्त गर्ने 18 प्रतिशत पायलट महिलाहरू थिए।
उनले उपलब्धी हासिल गर्ने महिलाहरूको सराहना गर्दै भनिन्, उनीहरूले अभिनव सोच राख्छन् र नयाँ मार्गमा हिँड्ने साहस राख्छन्। शिक्षा र उचित प्रशिक्षण बाहेक परिवारको सहयोग पनि महत्वपूर्ण छ। हामीले प्रायः देख्छौं, धेरै महिलाहरू उच्च शिक्षा प्राप्त गरेपछि पनि परिवारको सहयोग नपाएको कारण आफ्नो सपनाहरूलाई पूरा गर्न पाउँदैनन्। उनले सफल महिलाहरूसित अन्य महिलाहरूका लागि मार्गदर्शक बन्ने र उनीहरूलाई आफ्नो करियर रोज्ने र आफ्नो सपनाहरूलाई साकार गर्न प्रोत्साहित गर्ने आग्रह गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी