एलियनलाई लिएर वैदिक विज्ञान र प्राचीन ज्ञानमाथि हुनेछ सार्वभौमिक सम्मेलन
एलियनलाई लिएर वैदिक विज्ञान र प्राचीन ज्ञानमाथि हुनेछ सार्वभौमिक सम्मेलन


नयॉं दिल्ली/गुवाहाटी, 22 दिसम्बर (हि.स.)। स्वामी विवेकानन्द र निकोला टेस्ला इन्टरनेशनल फाउण्डेशन (एसवीएनटीआईएफ) ले आगामी 15 मार्चमा नयॉं दिल्लीमा यूएफओ र एलियन्समाथि सार्वभौमिक सम्मेलन आयोजना गर्ने भएको छ। यस सम्मेलनमा अभूतपूर्व आयोजन वैदिक विज्ञान, ब्रह्माण्डीय उर्जा र आर्टिफिशियल इन्टेलिजेन्स (एआई) सॅंगै यूएफओ र एलियन घटनहरूका प्रतिच्छेदनमाथि गहन चर्चा हुनेछ। जसले प्राचीन ज्ञान र आधुनिक वैज्ञानिक प्रगतिबीच एक अद्वितीय संवादलाई बढावा मिल्नेछ।

उक्त जानकारी एसवीएनटीआईएफका अध्यक्ष मानस डेकाले दिए। उनले भने, यूएफओ र एलियन्समाथि सार्वभौमिक सम्मेलन 15 मार्च, 2025 मा नयॉं दिल्लीमा हुनेछ। यस सम्मेलनमा इसरो, नासा, यूरोपीय अन्तरिक्ष एजेन्सी (ईएसए), जापानी, इटाली र रूसी अन्तरिक्ष एजेन्सीहरू, अन्तरिक्ष निर्माण सल्लाहकार परिषद, अन्तरराष्ट्रिय यूएफओ कांग्रेस, यूरोपीय यूएफओ कांग्रेस, स्पेसएक्स, आईआईटी, बनारस हिन्दू विश्वविद्यालय र अन्तरराष्ट्रिय खगोलीय संघ (आईएयू) जस्ता प्रमुख संगठनहरूलाई आमन्त्रित गरिएको छ। सम्मेलनमा संसारभरिबाट प्रतिष्ठित विशेषज्ञ, अन्तरिक्ष यात्री र शोधकर्ताहरू पनि सामेल रहनेछन्।

उनले भने, प्राचीन ऐतिहासिक आख्यान र आधुनिक यूएफओ तथा एलियनका दृश्यहरूबीच सम्भावित सम्बन्धहरूको जॉंचमाथि संवाद हुनेछ। जसको उद्देश्य बहुविषयक दृष्टिकोणको माध्यमले अस्पष्टीकृत हवाई घटनाहरूबारे हाम्रो समझलाई गहिरो बनाउनु हो। यो ब्रह्माण्डीय रहस्यहरू र प्राचीन ज्ञानसॅंग यसको गहिरो सम्बन्धहरूलाई उजागर गर्ने एउटा अद्वितीय अवसर हुनेछ।

उल्लेखनीय छ, स्वामी विवेकानन्द र निकोला टेस्ला इन्टरनेशनल फाउण्डेशन (एसवीएनटीआईएफ) ले विज्ञान र आध्यात्मिकतालाई एक साथमा ल्याउने कार्य गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande