जैसलमेर, 22 दिसम्बर (हि.स.)। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले आइतवार जैसलमेरमा शक्तिपीठ तनोट माताको दर्शन गर्दै पूजा-अर्चना गरिन्। उनले माता तनोटरायसॅंग देशमा समृद्धिको मंगल कामना गरिन्।
यसैगरी, सीतारमणले तनोट परिसरमा अडियो विजुअल र हतियार प्रदर्शनको अवलोकन गरिन्। उनी 55औं जीएसटी काउन्सिलको बैठकमा भाग लिन जैसलमेर आएकी थिइन्। आफ्नो तीन दिवसीय जैसलमेर यात्रापछि आइतवार दिउॅंसो उनी दिल्ली फर्किन्।
क्षेत्रीय मुख्यालय जैसलमेर (उत्तर) का उप महानिरीक्षक योगेन्द्र सिंह राठौड़ले उनलाई यस प्रदर्शनीको बारेमा जानकारी दिए। यस अघि केन्द्रिय वित्त मन्त्रीले तनोट माता मन्दिर परिसरमा स्थित विजय स्तम्भमा पुष्प अर्पित गरेर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पित गरेकी थिइन्। यहॉं सीमा सुरक्षा बलको विशेष गार्डले वित्त मन्त्रीलाई गार्ड अफ् अनर दिए।
वित्त मन्त्री सीतारमणले विषम परिस्थितिहरूमा आफ्नो कर्तव्य निर्वहन गरिरहेका सीमा सुरक्षा बलका बहादुर जवानहरूसॅंग कुराकानी गरे र उनीहरूको हौसला बढाइन्। मन्दिर परिसर पुगेपछि एमएल गर्ग (महानिरीक्षक) सीमान्त मुख्यालय सीमा सुरक्षा बल राजस्थान, योगेन्द्र सिंह राठौड़ (उप महानिरीक्षक) क्षेत्रीय मुख्यालय जैसलमेर (उत्तर), सुरेन्द्र कुमार (समादेष्टा) क्षेत्रीय मुख्यालय जैसलमेर (उत्तर) र 166औं वाहिनीका (समादेष्टा) वीरेन्द्र पाल सिंहले पुष्पगुच्छ भेट गरेर केन्द्रिय वित्त मन्त्रीको स्वागत जनाए।
हिन्दुस्थान समाचार / भवानी थामी