कारगिलमा पाकिस्तानी घुसपैठको पहिलो सूचना दिने गोठाला टाशी नामग्यालको निधन
टाशी नामग्यालको निधन


नयॉं दिल्ली, 22 दिसम्बर (हि.स.)। कारगिलमा पाकिस्तानी सेनाले घुसपैठ गरेको पहिलो सूचना दिने गोठाला टाशी नामग्यालको निधन भएको छ। उनले दिएको सूचनाकै आधारमा भारतीय सेना सतर्क भएको थियो र लगभग दुई महिनासम्म चलेको युद्धपछि कारगिलका पहाड़हरूलाई घुसपैठमुक्त गरिएको थियो।

नामग्यालको अन्तिम संस्कार आइतवार लद्दाखमा सेनाको उपस्थितिमा पूर्ण सम्मानको साथमा गरियो। उनको परिवारलाई तत्काल सहायता प्रदान गरियो र अगाडि पनि सहायता प्रदान गर्ने आश्वासन दिइएको छ। सेनाले भनेको छ, 'नामग्यालको नि:स्वार्थ बलिदानलाई सदैव स्मरण गरिने छ।'

भारत र पाकिस्तानबीच मई र जुलाई, 1999 बीच भएको कारगिल युद्धलाई 'अपरेशन विजय' को नामले जानिन्छ। पाकिस्तानी सैनिक र कश्मीरी उग्रवादीहरूले भारत-पाकिस्तानबीचको नियन्त्रण रेखा पार गर्दै कारगिलका पहाड़हरूमा 5,000 सैनिकको साथमा घुसपैठ गरेर कब्जा गरेको थियो।

मई, 1999 को शुरूमा आफ्नो हराएको याकको खोजी गर्दै जॉंदा टाशी नामग्यालले बटालिक पर्तव श्रृंखलामा पाकिस्तानी सैनिकहरूलाई पठानी पोशाकमा बङ्कर खन्दै गरेको देखेका थिए। यसपछि, उनले कारगिलमा पाकिस्तानी सेनाले घुसपैठ गरेर कब्जा जमाएको पहिलो सूचना 3 मई, 1999 मा भारतीय सेनालाई दिएको थियो।

यसपछि पाकिस्तानी सैनिकहरूलाई खेदाउनका लागि 'अपरेशन विजय' चलाइयो। 3 मईदेखि 26 जुलाई, 1999 बीच भएको कारगिल युद्धमा भारतीय सैनिक तीव्र गतिमा लामबद्ध भए। भारतीय सेनाको पेट्रोलिङ टीम 5 मईमा जानकारी लिनका लागि कारगिल पुगेको थियो, तर पाकिस्तानी सेनाले 5 जनालाई समातेर उनीहरूको हत्या गरिदियो।

सेनाले बयानमा भनेको छ, वर्ष 1999 मा कारगिल सेक्टरमा पाकिस्तानी घुसपैठको बारेमा भारतीय सैनिकहरूलाई सूचना दिने लद्दाखका गोठाला टाशी नामग्यालको निधन लद्दाखको आर्य भ्यालीस्थित गारखोनमा भएको छ। उनी 58 वर्षका थिए। नामग्याल आफ्नी छोरी एवं शिक्षिका छिरिङ डोलकरसॅंग द्रासमा 25औं कारगिल विजय दिवसमा सामेल भएका थिए। लेहस्थित फायर एण्ड फ्यूरी कोरले टाशी नामग्यालको आकस्मिक निधनमा श्रद्धाञ्जली अर्पित गरेको छ। सेनाले भनेको छ, 'एक देशभक्तको निधन भएको छ। लद्दाखका वीर, तपाईको आत्मालाई शान्ति​ मिलोस्।'

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande