नयॉं दिल्ली, 22 दिसम्बर (हि.स.)। कुवैतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च सम्मान 'द अर्डर अफ् मुबारक अल कबीर' ले सम्मानित गरेको छ। प्रधानमन्त्री मोदीको यो 20औं अन्तरराष्ट्रिय सम्मान हो। प्रधानमन्त्री मोदी र कुवैतका अमीर शेख मेशल अल-अहमद अल-जबर अल-सबाहबीच भएको द्विपक्षीय वार्तामा दुवै देशहरूले भारत-कुवैत सम्बन्धहरूको 'रणनीतिक साझेदारी' माथि बल दिए।
प्रधानमन्त्री मोदी दुई दिवसीय यात्रामा शनिवारदेखि कुवैतको प्रवासमा छन्। यात्राको दोस्रो दिन आइतवार शीर्ष नेतृत्वहरूसॅंग वार्ताअघि यहॉं प्रधानमन्त्रीले कुवैतको बेयान प्यालेसमा कुवैतका अमीर शेख मेशल अल अहदम अल जबर अल सबाहसॅंग भेट गरे। प्रधानमन्त्रीले कुवैतका क्राउन प्रिन्स सबा अल खालिद अल सबाहसॅंग भेट गरे। कुवैतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च सम्मान 'द अर्डर अफ् मुबारक अल कबीर' प्रदान गऱ्यो।
उल्लेखनीय छ, अर्डर अफ् मुबारक अल कबीर कुवैतको सर्वोच्च सम्मान हो। उक्त सम्मान मित्रताको प्रतीको रूपमा राष्ट्राध्यक्ष र विदेशी शाही परिवारका सदस्यहरूलाई प्रदान गरिन्छ। यस अघि बिल क्लिंटन, प्रिन्स चार्ल्स र जर्ज बुश जस्ता विदेशी नेताहरूलाई यो सम्मान प्रदान गरिएको छ। गत 43 वर्षमा कुनै पनि भारतीय प्रधानमन्त्रीको यस खाडी देशमा यो पहिलो यात्रा हो।
कुवैतको समाचार एजेन्सीकी महानिदेशक फातमा अल सलेमसॅंग एक साक्षात्कारमा प्रधानमन्त्री नरेन्द्र मोदीले भने, व्यापार, वाणिज्य कुवैतसॅंग सम्बन्धका महत्वपूर्ण स्तम्भ हुन्। फार्मास्यूटिकल, स्वास्थ्य र प्रौद्योगिकी जस्ता क्षेत्रहरूमा द्विपक्षीय सहयोगको प्रशस्त सम्भावनाहरू छन्।
हिन्दुस्थान समाचार / भवानी थामी