केन्द्रिय खेल मन्त्रीले ‘फिट इण्डिया सन्डे अन साइकल’ पहललाई हरियो झण्डा देखाए
केन्द्रिय खेल मन्त्रीले ‘फिट इण्डिया सन्डे अन साइकल’ पहललाई हरियो झण्डा देखाए


नयाँ दिल्ली, 22 दिसम्बर (हि.स.)। केन्द्रिय युवा मामिला एवं खेल मन्त्री डा. मनसुख मण्डावियाले आइतवार बिहान मेजर ध्यानचन्द राष्ट्रिय स्टेडियममा ‘फिट इण्डिया सन्डे अन साइकल’ पहललाई हरियो झण्डा देखाए।

यस कार्यक्रममा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) र भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी), भारतीय खेल प्राधिकरणको क्याम्पर्स र आईजी स्टेडियमका युवा जिमनास्ट, वरिष्ठ अधिकारी र राष्ट्रिय राजधानीका विभिन्न साइक्लिङ क्लबहरूका पाँच सयभन्दा धेरै राइडर्स उपस्थित थिए। आइतवार हरियो झण्डा देखाउने समारोहमा पूर्व डब्ल्यूडब्ल्यूई स्टार शेन्की सिंह पनि उपस्थित थिए, जसलाई पूर्व डब्ल्यूडब्ल्यूई च्याम्पियन जिन्दर महलको ट्याग टीमको हिस्सा भएकोमा सम्मानित गरियो। यसबीच पद्मश्री र अर्जुन पुरस्कार विजेता टेबल टेनिस खेलाड़ी मौमा दासले भारतीय खेल प्राधिकरण राष्ट्रिय उत्कृष्टता केन्द्र (एनसीओई) कोलकातामा सन्डे अन साइकल काओर्यक्रमाई हरियो झण्डा देखाइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande