दक्षिण 24 परगना, 22 दिसम्बर (हि.स.)। जम्मू कश्मीर एसटीएफ र बंगाल पुलिसले सुंयक्त अभियान चलाएर दक्षिण 24 परगना जिल्लाको केनिङ अस्पताल मोड़ क्षेत्रबाट शनिवार राति आतङ्की गतिविधिहरूमा सामेल एक व्यक्तिलाई पक्राउ गरेको छ।
आइतवार पुलिस सूत्रहरूले जानकारी गराएको छ, पक्रा परेको व्यक्तिको नाम जावेद मुंशी हो र मूल रूपमा कश्मीरको श्रीनगरको निवासी हो। व्यक्ति आतङ्की संगठन तहरीक-उल-मुजाहिदीनको सदस्य रहेको आऱोप छ। जावेद कैनिङ अस्पताल मोड़ क्षेत्रमा आफ्नो एक आफन्तसित भेट्न आएको थियो, तब पुलिसले उसलाई पक्राउ गऱ्यो। जावेदसित सोधपुछ जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी