नयॉं दिल्ली, 22 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार नयॉं दिल्लीस्थित सीबीएसई सेन्टर परिसरमा क्याथोलिक बिशप्स कन्फ्रेन्स अफ् इण्डिया (सीबीसीआई) को क्रिसमस समारोहमा सामेल हुनेछन्। उक्त कार्यक्रम सॉंझा 6:30 बजी हुनेछ।
प्रधानमन्त्री मोदीले कार्डिनल्स, बिशप्स र चर्चका प्रमुख नेताहरूसहित इसाई समुदायका प्रमुख नेताहरूसॅंग कुराकानी गर्नेछन्। पहिलोपल्ट कुनै प्रधानमन्त्री भारतमा क्याथोलिक चर्चको मुख्यालयमा यसरी कार्यक्रममा सामेल भइरहेका छन्।
क्याथोलिक बिशप्स कन्फ्रेन्स अफ् इण्डियाको स्थापना 1944 मा भएको थियो। यस निकायले सारा भारतमा सबै क्याथोलिकहरूसॅंग मिलेर काम गर्छन्।
हिन्दुस्थान समाचार / भवानी थामी