केजरीवालसित भेट्न पुगेका दिल्ली वक्फ बोर्डका इमामहरू र मोअज्जिनलाई पुलिसले रोक्यो
केजरीवालसित भेट्न पुगेका दिल्ली वक्फ बोर्डका इमामहरू र मोअज्जिनलाई पुलिसले रोक्यो


नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। दिल्ली वक्फ बोर्डसित जोड़िएका इमाम र मोअज्जिन 17 महिनादेखि वेतन नपाइएकोले रूष्ट भएपछि आज दिल्लीका पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको 5 फिरोजशाह रोड स्थित सरकारी आवासमा पुगे तर पुलिसले उनीहरूलाई केजरीवालको घरदेखि टाढ़ा नै रोक्यो। अल इण्डिया इमाम एसोसिएशनका अध्यक्ष मौलाना साजिद रशीदीको नेतृत्वमा इमामहरूलाई केजरीवालसित नभेटी नै फर्किनुपऱ्यो। पछि केजरीवालको आवासबाट 28 दिसम्बरमा भेट्ने समय दिइएपछि इमामहरू त्यहाँबाट फर्के।

अल इण्डिया इमाम एसोसिएशनका राष्ट्रिय अध्यक्ष मौलाना साजिद रसीदीले भने, दिल्ली वक्फ बोर्ड जुन दिल्ली सरकार अन्तर्गत पर्छ, उसका मस्जिदहरूमा तैनात लगभग 240 इमाम र मोअज्जिनले गत 17 महिनादेखि वेतन पाइऱहेका छैनन्। सरकारसित बारम्बार अनुरोध गरेपनि यस समस्याको कुनै समाधान हुन सकेको छैन। यसैले आज उनीहरू केजरीवालसित भेट्न उनको आवास आएका थिए तर उनीहरूलाई केजरीवालसित भेट्न दिइएन। उनीहरूलाई पर्सी 28 दिसम्बरमा साझँ 5 बजीको समय दिइएको छ।

उनले भने, वेतन नपाइएको कारण इमामहरूको दयनीय स्थिति भएको छ। हामी सबैले ऋण मागेर आफ्नो जीवन बिताइरहेका छौं। नानीहरूको स्कूलको फीस आदि पनि समयमा दिन सकिरहेका छैनौं। वक्फ बोर्डको माध्यमले इमामलाई 18000 रूपियाँ प्रतिमाह र मोअज्जिनलाई 16000 रूपियाँ प्रतिमाह दिइन्छ। यदि पर्सी केजरीवालसित भेटपछि हाम्रो समस्याको समाधान भएन भने हामी केजरीवाको घर बाहिर धरना प्रदर्शन गर्न बाध्य हुनेछौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande