मनका कुराः संविधान हाम्रो पथ प्रदर्शक- प्रधानमन्त्री मोदी
pm modi


नयाँ दिल्ली, 29 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम मनका कुरामा संविधान हाम्रो पथ प्रदर्शक हो भनी बताएका छन्। 26 जनवरीमा हाम्रो संविधान लागू भएको 75 वर्ष हुन गइऱहेको छ, उनले भने।

मनका कुराको 117औं एपिसोडमा प्रधानमन्त्रीले भने, 26 जनवरी, 2025 मा हाम्रो संविधान लागू भएको 75 वर्ष पूरा हुन गइऱहेको छ। हामी सबैको निम्ति धेरै गौरवको कुरा हो। हाम्रा संविधान निर्माताहरूद्वारा सुम्पिएको संविधान समयको हरेक परीक्षामा सफल भएको छ। संविधान हाम्रो निम्ति पथ प्रदर्शक र मार्गदर्शक हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande