पूर्व सांसद तथा वरिष्ठ पत्रकार एचके दुआको निधन, अन्त्येष्टि ५ मार्चमा
पूर्व सांसद तथा वरिष्ठ पत्रकार एचके दुआको निधन, अन्त्येष्टि ५ मार्चमा


नयाँ दिल्ली, ०४ मार्च (हि.स.)। वरिष्ठ पत्रकार, पूर्व राज्यसभा सांसद तथा पद्म भूषणबाट सम्मानित हरि कृष्ण दुआको आज दिउँसो नयाँ दिल्लीस्थित एक निजी अस्पतालमा निधन भएको छ।

दुआले डेनमार्कमा भारतका राजदूत तथा केन्यामा भारतका उच्चायुक्तका रूपमा समेत सेवा दिएका थिए। उनी सन् १९८७ देखि १९९४ सम्म हिन्दुस्तान टाइम्सका सम्पादक, १९९४ देखि १९९६ सम्म द इण्डियन एक्सप्रेसका प्रधान सम्पादक तथा २००३ देखि २००९ सम्म द ट्रिब्यून का सम्पादक रहेका थिए।

उनको अन्त्येष्टि ५ मार्च दिउँसो १२:०० बजी नयाँ दिल्लीको लोधी रोड शवदाह गृहमा गरिनेछ। दुआ सन् २००९ देखि २०१५ सम्म राज्यसभाका मनोनीत सदस्य थिए। उनी २००१ देखि २००३ सम्म डेनमार्कमा भारतका राजदूत पनि रहेका थिए।

दुआले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र‌ एचडी देवेगौडाका मिडिया सल्लाहकारका रूपमा समेत सेवा दिएका थिए। पत्रकारितामा पुर्याएको योगदानका लागि उनलाई सन् २००८ मा पद्म भूषण पुरस्कार प्रदान गरिएको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande