दिग्गज अभिनेता विजय कृष्णाले फिल्म र रंगमञ्च संसारलाई सधैंका लागि दिए बिदाई
दिग्गज अभिनेता विजय कृष्णाले फिल्म र रंगमञ्च संसारलाई सधैंका लागि दिए बिदाई


मुम्बई, ०४ मार्च (हि.स.)। हिन्दी सिनेमाका वरिष्ठ अभिनेता विजय कृष्णाको ८१ वर्षको उमेरमा निधन भएको छ। अन्तिम सास लिँदै उनले फिल्म तथा रंगमञ्चको संसारलाई सधैंका लागि बिदाइ दिएका छन्। उनको निधनको खबर सार्वजनिक हुनासाथ सम्पूर्ण सिनेमा क्षेत्रमा शोकको लहर फैलिएको छ। यद्यपि, उनको निधनको कारणबारे हालसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन।

‘देवदास’ फिल्ममा शाहरुख खानका पिताको भूमिकाबाट विशेष पहिचान बनाएका विजय कृष्णा आफ्नो सशक्त अभिनय र सादगीका लागि परिचित थिए। सह-कलाकार र उनका निकट साथीहरूले उनलाई सम्झँदै भावुक श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

अभिनेत्री लिलेट दुबेले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिँदै लेखेकी छन्, “मन टुट्यो... हाम्रा प्रिय विजय कृष्णा, जो २५ वर्षभन्दा बढी समयसम्म हाम्रो थिएटर परिवार र ‘डान्स लाइक अ म्यान’ को हिस्सा रहनुभयो... अब हामीबीच रहनुहुन्न। उहाँ अत्यन्त बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो। हामी सबैले उहाँलाई धेरै माया गर्थ्यौं। तपाईको आत्मालाई शान्ति मिलोस्, तपाईंलाई कहिल्यै बिर्सिने छैनौं।”

विजय कृष्णा केवल फिल्ममा सीमित थिएनन्, रंगमञ्च क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय थियो। सन् २००४ मा आएको अंग्रेजी फिल्म ‘डान्स लाइक अ म्यान’ ले उनलाई व्यापक पहिचान दिलाएको थियो, जसले सर्वश्रेष्ठ अंग्रेजी फीचर फिल्मतर्फ राष्ट्रिय पुरस्कारसमेत जितेको थियो।

उनले संजय लिला भंसालीका फिल्महरूमा पनि आफ्नो छाप छोडेका थिए। ‘देवदास’ बाहेक उनी ‘गुजारिश’ र ‘पीके’ जस्ता फिल्महरूमा पनि देखिएका थिए।

उनको निधनले फिल्म तथा रंगमञ्च क्षेत्रले अपूरणीय क्षति व्यहोरेको छ, जसको पूर्ति गर्न कठिन हुनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande