पश्चिम बंगालमा आठ र देशभरिमा 28 निजी मेडिकल कलेजहरूमा ईडीको छापा
पश्चिम बंगालमा आठ र देशभरिमा 28 निजी मेडिकल कलेजहरूमा ईडीको छापा


कोलकाता, 03 दिसम्बर (हि.स.)। पश्चिम बंगालको आठ गैर सरकारी मेडिकल कलेजहरू र देशभरिमा कूल 28 मेडिकल कलेजहरूमा प्रवर्तन निदेशालय (ईडी) ले आज बिहान छापा मारेको छ। यस कारबाहीमा मेडिकल कलेज मालिकहरूको घरहरू र संस्थानहरूमा छापा मारियो।

ईडी सूत्रहरू अनुसार, पूर्व माकपा सांसद लक्ष्मण सेठको हल्दिया स्थित घर र उनको स्वयंसेवी संस्थाद्वारा संचालित मेडिकल र डेन्टल कलेजमा कारबाही चलाइयो। यसका साथै बर्धमान, बीरभूम र कोलकाताको तारातला क्षेत्रको मेडिकल कलेजहरूमा पनि खोजी अभियान चलाइएको छ। यो कारबाही एनआरआई कोटासित सम्बन्धित भ्रष्टाचार मामिलामा गरिँदैछ।

फर्जी प्रमाणपत्रहरूको आधारमा ठूलो रकम लिएर अयोग्य छात्रहरूलाई एनआरआई कोटा अन्तर्गत प्रवेश दिइएको आरोप छ। सुप्रीम कोर्टले यस मामिलामा अगावै रोष व्यक्त गरिसकेको छ। यसपछि ईडीले यस दिशामा सक्रियता देखायो।

बीरभूममा जुन मेडिकल कलेजमा तलाशी चलिरहेको छ, त्यसको मालिक मलय पीटमाथि पहिले पनि धेरै गम्भीर आरोप लागिसकेको छ। उनी अनुव्रत मण्डलको करीबी मानिन्छन् र उनको नाम पशु तस्करी र भर्ती घोटालामा पनि सामेल रहेको आरोप छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande