ईडीले पठायो शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पोर्नोग्राफी मामिलामा दोस्रो नोटिस
ईडीले पठायो शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पोर्नोग्राफी मामिलामा दोस्रो नोटिस


मुम्बई, 03 दिसम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले पोर्नोग्राफी केसमा फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई दोस्रो नोटिस जारी गरी 04 दिसम्बरमा सोधपुछको निम्ति बोलाएको छ। ईडीले सोमवार पनि उनलाई नोटिस जारी गरी सोधपुछको निम्ति बोलाएको थियो। तर उनी गएनन्।

कुन्द्राले आफ्ना वकीलको माध्यमले ईडीसित केही दिनको समय मागेका थिए। ईडीले सोमवार राति उनलाई दोस्रो नोटिस जारी गरी सोधपुछको निम्ति 04 दिसम्बरमा उपस्थित रहनु भनेको छ। यस मामिलामा ईडीले राज कुन्द्राको मुम्बईको सान्ताक्रूज स्थित आवासमा छापा मारिसकेको छ। ईडीले उनीसित जोड़िएका मानिसहरूका लगभग 15 ठेगानामा पनि छापा मारेको थियो। अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रामाथि अश्लील सामग्री तयार गरी त्यसलाई मोबाइल एप्सको माध्यमले वितरित गरेको आरोप छ। यस मामिलामा उनीमाथि वित्तीय हिनामिनाको पनि आरोप छ।

उल्लेख्य, 2021 मा 04 फरवरीमा मुम्बई पुलिसले मालाडको मालवणी स्थित एक बंगलामा छापा मारेको थियो। यस बंगलामा अश्लील फिल्महरूको शूटिङ भइरहेको थियो र केटीहरूमाथि यसको निम्ति दबाउ बनाएको भऩ्ने आरोप थियो। यस मामिलामा 9 जनालाई पक्राउ पनि गरियो।

यसपछि पुलिसले 03 अप्रेल 2021 मा चार्जशीट दर्ता गऱ्यो र फेरि जुलाईमा उनी र उनका साथी थोर्पलाई पक्राउ गऱ्यो। पछि राज कुन्द्रालाई जमानत दिइयो। यसपछि पूरक आरोप पत्रमा उनका साडू भाई प्रदीप बख्शी र यश ठाकुरलाई वाञ्छित घोषित गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande