नयाँ दिल्ली, 30 दिसम्बर (हि.स.)। केन्द्रिय वित्त एवं कर्पोरेट मामिलाकी मन्त्री निर्मला सीतारमणले सोमवार नयाँ दिल्लीमा उद्योग प्रतिनिधिहरूसित बजेटपूर्व पाँचौं परामर्श बैठक गरिन्। सीतारमणको अध्यक्षतामा यो बैठक आगामी केन्द्रिय बजेट-2025-26 को तयारीको एक भागको रूपमा आयोजना गरिएको हो जसमा उद्योग जगतका प्रतिनिधिहरूले वित्तमन्त्रीलाई केही सुझाउ दिए।
वित्त मन्त्रालयले एक्स पोस्टमा भन्यो, केन्द्रिय वित्त एवं कर्पोरेट मामिलाकी मन्त्री सीतारमणले आगामी केन्द्रिय बजेट-2025-26को सम्बन्धमा उद्योग प्रतिनिधिहरूसित बजेटपूर्व पाँचौं परामर्श बैठकको अध्यक्षता गरिन्। यस बैठको अध्यक्षता गर्दै उनले उद्योग जगतका प्रतिनिधिहरूबाट सुझाउ पनि लिइन्। यी सुझाउहरूबाट आगामी केन्द्रिय बजेटमा प्रमुख आर्थिक प्राथमिकता तथा क्षेत्रीय चुनौतीहरूलाई सुनिश्चित गरिनेछ।
मन्त्रालय अनुसार यस बैठकमा वित्त सचिव र निवेश तथा सार्वजनिक सम्पत्ति प्रबन्धन विभाग (दीपम)-का सचिव अनि आर्थिक मामिलाको विभाग र उद्योग एवं आन्तरिक व्यापार सवर्धन विभागका सचिव सहित मन्त्रालयका वरिष्ठ अधिकारी उपस्थित थिए। भारत सरकारका मुख्य आर्थिक सल्लाहकारले बैठक अवधि अर्थव्यवस्थामाथि आफ्नो विचार राखे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा