केजरीवालको ठूलो घोषणा, सरकार बने पुजारीहरू र ग्रन्थीहरूले 18 हजार रूपियाँ पाउने
केजरीवालको ठूलो घोषणा, सरकार बने पुजारीहरू र ग्रन्थीहरूले 18 हजार रूपियाँ पाउने


नयाँ दिल्ली, 30 दिसम्बर (हि.स.)। आम आदमी पार्टी (आआप) का संयोजक अरविन्द केजरीवालले सोमवार (पुजारी ग्रन्थी सम्मान योजना) शुरू गर्ने घोषणा गरेका छऩ्। यस अन्तर्गत उनले वाचा गरे कि दिल्लीमा उनको पार्टी पुनः फर्के हिन्दू मन्दिरहरूका पूजारीहरू र सिख गुरूद्वाराहरूका ग्रन्थीहरूलाई 18,000 रूपियाँको मासिक भत्ता दिइनेछ।

दिल्ली विधानसभामा आआपको निम्ति लगातार चौथो पल्ट चुनाउ जित्ने प्रय़ास गरिरहेका केजरीवालले आज यहाँ संवाददाता सम्मेलनमा भने, यस योजनाको निम्ति भोलीदेखि रजिस्ट्रेशन शुरू हुनेछ। मंगलवार म स्वयं कनोट प्लेसको हनुमान मन्दिरबाट यसको शुरूआत गर्नेछु। त्यसपछि दिल्लीका सबै मन्दिरहरू र गुरूद्वाराहरूमा पनि यसलाई अगाड़ी बढ़ाइनेछ। आआपद्वारा यो घोषणा यस्तो समयमा गरिएको छ जब उसले चुनाउहरूमा भाजपा र कांग्रेसको सामना गर्न आफूलाई तयार गरिरहेको छ। केजरीवालले दुवै पार्टीलाई लक्षित गर्दै उनीहरूसित अन्य राज्यहरूमा पनि यस्तै किसिमको कल्याणकारी उपायहरू अपनाउने आग्रह गरे।

केजरीवालले भने, हामीलाई थाहा छ, पुजारीले कुन प्रकारले हाम्रो सेवा गर्छन्। चाहे हाम्रो नानीको जन्मदिन होस्, बिहे होस् या कुनै प्रियजनको मृत्यु, उनीहरूले हामीलाई सदैव भगवानसित जोड़ेका छन्। यिनीहरू ती वर्ग हुन्, जसले वर्षौंदेखि हाम्रो परम्पराहरू र रीतिलाई अगाड़ी बढ़ाएका छऩ् तर कसैले यिनीहरूमाथि पर्याप्त ध्यान दिएन। यो देशमा पहिलो पल्ट भइरहेको छ। हामीले राष्ट्रिय राजधानीमा यस्ता धेरै काम गरेका छौं, जुन पहिलो पल्ट गरिएको छ। हामीले स्कूलहरू र अस्पतालहरूमा सुधार गऱ्यौं र महिलाहरूका लागि बस यात्राको सुविधा दियौं। आशा छ, भाजपा र कांग्रेस सरकारहरूले यसबाट सिक्नेछन् र जहाँ उनीहरूको सरकार छ, ती राज्यहरूमा यस्तै योजनाहरू लागू गर्नेछन्।

रोहिङ्ग्याहरूको मुद्दासित जोड़िएको एक प्रश्नको जवाफमा उनले भने, केन्द्रिय मन्त्री हरदीप सिंह पूरीसित यसको पूरा डेटा छ, उनले यसलाई सार्वजनिक गरे राम्रो हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande