नगाउँ, 30 दिसम्बर (हि.स.)। नगाउँ जिल्लाको जुरिया थोक बजारमा सब्जी धेरै सस्तो दरमा बिक्री भइरहेको छ। बिक्रीको निम्ति ल्याइएका सब्जीहरूको एक हिस्सा बिक्री नभएको कारण किसानहरू निराश छन्। यस पाली जुरियाका किसानहरूले अभूतपूर्व मात्रामा हरियो सब्जीको उत्पादन गरेका छन् र यो एक हरियो क्रान्तिको शुरूआत प्रमाणित भइरहेको छ।
तर कड़ा मेहनत र खर्चा गरेर उप्जाइएका यी फसहरूको यस पाली न्यूनतम मूल्य पनि पाइऱहेको छैन, जसबाट किसानहरूको स्थिति खराब भएको छ। राज्यमा जहाँ साक-सब्जीहरूको दरमा वृद्धि भइऱहेको छ भने जुरियाका किसान पसीना बगाएर माटो खनेर फसल फलाउँछन् तर उनीहरूलाई आफ्नो उत्पादको धेरै कम मूल्य प्राप्त भइरहेको छ। वर्तमानमा बैगून 10 रूपियाँ प्रति किलो, काँचो केरा 12 रूपियाँ, शिमला खोर्सानी 15 रूपियाँ, खोर्सानी 15 रूपियाँ, सीमी 10 रूपियाँ र फल कोपी 10 रूपियाँ प्रति किलो बिक्री भइरहेको छ, जसबाट किसानहरूको स्थिति खराब भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी