मुख्य सचिव आर तेलाङले राज्यपालसॅंग शिष्टाचार भेट गरे 
Governor-chief-secretary-met


गान्तोक, 02 जनवरी (हि.स.)। सिक्किम सरकारका नवनियुक्त मुख्य सचिव आर. तेलाङले आज राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा मुख्य सचिवले राज्यपाललाई उनको जन्मदिनको उपलक्ष्यमा आफ्नो हार्दिक बधाई एवं शुभकामना प्रेषित गरे।

राज भवनले विज्ञप्तिमा भनेको छ, राज्यपाल मुख्य सचिव तेलाङलाई मुख्य सचिवको उच्च पदमा नियुक्तिको निम्ति बधाई दिॅंदै उनको आगामी कार्यकालको निम्ति शुभकामना दिए। तेलाङले आफ्नो नयाॅं दायित्वहरूको निर्वहन पूर्ण निष्ठा र समर्पणको साथमा गर्ने छन् भनी राज्यपालले विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande