किसानहरूको मुद्दामा शिवराजको चिट्ठीलाई लिएर आआपले भाजपालाई कटघरामा खड़ा गऱ्यो
किसानहरूको मुद्दामा शिवराजको चिट्ठीलाई लिएर आआपले भाजपालाई कटघरामा खड़ा गऱ्यो


नयाँ दिल्ली, 02 जनवरी (हि.स.)। केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहानको तर्फबाट किसानहरूको मुद्दामा दिल्लीका मुख्यमन्त्रीलाई चिट्ठी लेखिएको मामिलामा आज आम आदमी पार्टी (आआप) ले प्रतिक्रिया व्यक्त गर्दै भाजपा र केन्द्र सरकारलाई कटघरामा खड़ा गऱ्यो।

आआप सांसद सजंय सिंहले आज यहाँ संवाददाता सम्मेलनमा भने, मलाई अचम्म लाग्छ, उनमा अहिलेपनि किसानहरूबारे कुरा गर्ने हिम्मत छ। उनले किसानहरूको अदेखा गरे र एमएसपी कानून अहिलेपनि लागू भएको छैन। यो यस पार्टी (भाजपा) को कारणले हो। (किसान नेता) डल्लेवाल आमरण अनशनमा छन्। यो यस पार्टीको कारणले भएको हो कि महाराष्ट्रका किसानहरू आत्महत्या गर्न बाध्य छन्।

संजय सिंहले भने, जुन भाजपा र मोदी सरकारले एक वर्षसम्म दिल्ली सीमामा देशका अन्नदाता किसानहरूलाई दास र दुश्मनहरू सरह सड़कहरूमा व्यवहार गऱ्यो। उनीहरूलाई पाकिस्तानी र आतङ्कवादीसम्म भन्यो। उसको निर्दयताले 750 किसान

बलिदान भए। त्यस किसानको मुद्दामा शिवराज सिंहले दिल्लीकी मुख्यमन्त्रीलाई चिट्ठी लेखिरहेका छन्। उनले आऱोप लगाए, आजादीपछि यदि किसानहरूको कोही द्रोही र विरोधी छ भने त्यो भाजपा हो। भाजपाले आफ्नो मुखबाट किसानको ‘क’ शब्द निकाल्नु हुँदैन। संसदमा किसानहरूको कुरा गर्दा हामीलाई बलपूर्वक बाहिर निकालियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande