इम्फाल, 2 जनवरी (हि.स.)। मणिपुरका नवनियुक्त राज्यपाल अजय कुमार भल्ला बिहीवार इम्फाल आइपुगेका छन्। भल्लाले शुक्रवार राज्यपाल पदको शपथ ग्रहण गर्नेछन्। यहाँ हवाईअड्डामा उनलाई स्वागत गरियो। राज्यका मुख्यमन्त्री एन बीरेन सिंहले पनि उनलाई पुष्पगुच्छा दिएर उनलाई स्वागत गरे। केन्द्रिय गृह सविच रहिसकेका अजय कुमार भल्लाको नियुक्ति मणिपुरका राज्यपालको रूपमा नियुक्ति यस्तो समयमा भयो जतिबेला राज्यले मई, 2023-देखि नै जातीय हिंसाको सामना गरिरहेको छ। भल्लाले शुक्रवार बिहान साढ़े दश बजे राजभवनको दरबार हलमा राज्यपाल पदको शपथ लिनेछन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा