कोलकाता, 30 दिसम्बर (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाबाट बांग्लादेश स्थित कट्टरपन्थी संगठन अन्सारूल्लाह बांग्ला टीम (एबीटी) को एक वाञ्छित सदस्यलाई पक्राउ गरियो। यो कारबाही पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स र असम पुलिसको संयुक्त अभियान अन्तर्गत गरियो।
पक्रा परेको व्यक्तिको पहिचान साजिदुल इस्लामको रूपमा गरिएको छ।पुलिस अनुसार, सोमवार बिहान अचानक गरिएको छापामारीमा इस्लामलाई मुर्शिदाबाद जिल्लाको नौदा क्षेत्रबाट पक्राउ गरियो। इस्लाम एबीटीको एक अन्य वाञ्छित सदस्य, शाद रदी उर्फ शब शेखको आफन्त हो, जसलाई हालमा केरलबाट पक्राउ गरिएको थियो। शाद रदीसित मुर्शिदाबाद जिल्लाको दुई अलग-अलग विधानसभा क्षेत्रहरू- कान्दी र हरिहरपाड़ाबाट जारी गरिएको दुई मतदाता पहिचान पत्र थियो। साजिदुल इस्लामले न केवल शाद रदीलाई शरण दियो तर उसलाई फर्जी पहिचान पत्र हासिल गर्नमा पनि मद्दत गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी