सिलगढी, 02 जनवरी (हि. स.)। अवैध रूपमा बंगलादेशदेखि भारतमा प्रवेश गरेको आरोपमा बीएसएफले एकजना नेपालको युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम निर्मल राज केसी हो जो नेपालको जुमला निवासी रहेको बताइएको छ।
भारत-बंगालदेश सीमा फाँसीदेवा महकुमाो मुरिखावाबाट युवकलाई बुधवार पक्राउ गरिएको हो। बीएसएफले युवकसित जाँचबुझ गरेपछि फाँसीदेवा थानालाई सुम्पिदियो।
पुलिस सूत्र अनुसार बंगलादेशको अशान्त स्थितिबीच अवैध रूपमा एकजना नेपाली मेडिकलका छात्रलाई काँड़ादार तारको बार पार गर्दै गर्दा बीएसएफले समातेको छ। युवक बंगलादेशमा मेडिकल कलेजमा पाँच वर्षदेखिको पढ़्दै आइरहेका छन्।
निर्मल राज केसीलाई बीएसएफले अवैध रूपमा भारतमा प्रवेश गर्ने प्रयास गरेकोआरोपमा समातेर थानामा सुम्पिइएको छ। फाँसीदेवा थानाको पुलिस अग्रिम जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा