सोनापुरमा तिवा सहित दश संगठनको विरोध कार्यक्रम घोषित
सोनापुरमा तिवा सहित दश संगठनको विरोध कार्यक्रम घोषित


गुवाहाटी, 30 दिसम्बर (हि.स.)। राजधानीको सोनापुरमा सदौ तिवा छात्र संघ सहित 10 जातिय संगठनहरूले विरोध कार्यक्रमहरूको घोषणा गरे। आज एक संवाददाता सम्मेलनमा संगठनहरूले सरकार सामू धेरै प्रमुख मागहरू राखे।

संगठनहरूले जागीरोडलाई महानगरमा विकसित गर्ने र गभा क्षेत्रमा भारतीय वायुसेनाको स्टेशन बनाउने निर्णयलाई फिर्ता लिने माग गरे। उनीहरू अनुसार, यदि जागीरोडलाई महानगर बनाइयो भने आदिवासी समुदायको अस्तित्व खतरामा पर्नेछ। आदिवासी संगठनहरूले आरोप लगाए कि सरकारले आदिवासीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्न वायुसेनाको स्टेशन बनाउन चाहँन्छ।

संगठनहरूले सरकारको आदिवासी विरोधी नीतिहरू विरूद्ध आन्दोनको योजना बनाए। कार्यक्रम अन्तर्गत 2 जनवरीमा जनधर्ना, 11 जनवरीमा बाइक जागरूकता ऱ्याली, 24 जनवरीमा नागरिक सभा, 28 जनवरीमा जोडदार प्रदर्शन र 2 फरवरीमा जनसभा आयोजित गर्ने घोषणा गरियो। संगठनहरूले चेताउनी दिँदै भने, यदि सरकारले उनीहरूको माग स्वीकार गरेन भने यी कार्यक्रमहरू बाहेक एक ठूलो लोकतान्त्रिक आन्दोलन पनि शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande