भारत विरुद्ध अमेरिकामा बढ्दो आतङ्की गतिविधिहरूमाथि भारतीय मूलका मानिसहरू चिन्तित
भारत विरुद्ध अमेरिकामा बढ्दो आतङ्की गतिविधिहरूमाथि भारतीय मूलका मानिसहरू चिन्तित


वाशिङ्गटन, 15 मार्च (हि.स.)। अमेरिकामा भारत विरुद्ध बढिरहेको आतङ्की गतिविधिहरूलाई लिएर भारत मूलका मानिसहरूले चिन्ता व्यक्त गरेका छन्। सिलिकन भ्यालीमा प्रभावशाली भारतवंशीहरूले एफबीआई, न्याय विभाग र पुलिससॅंग विशेष बैठकमा रोष व्यक्त गरेका छन्। केलिफोर्नियामा हिन्दुहरू विरुद्ध घृणा अपराधको मामिला लगातार बढिरहेको छ। भारतवंशीहरूले अमेरिकी अधिकारीहरूसॅंग यस असमानता र भेदभावपूर्ण व्यवहारलाई लिएर कारबाही नगरेकोमा रोष व्यक्त गरेका छन्। भारतवंशीहरूले अमेरिकी अधिकारीहरूलाई भने, कानून प्रवर्तन एजेन्सीहरूले यस दिशामा एकदमै ध्यान दिएको छैन, जुन निराशाजनक कुरा हो।

सामुदायिक नेता अजय जैन भुतोरियाले बैठकमा भने, अमेरिकामा हिन्दू, जैन र उनीहरूका धार्मिक स्थलहरू विरुद्ध घृणा अपराधमा वृद्धि एक चुनौतीपूर्ण समस्या हो। हालका दिनहरूमा खालिस्तान समर्थकहरूले धेरै मन्दिरहरूमा तोड़फोड़का साथै भारतीय वाणिज्य दूतावासमाथि पनि हमला गरे। तर, कुनै कड़ा कारबाही भएन। पेन्टागनका वरिष्ठ अधिकारी सिद्धार्थ अय्यरले भने, भारत र अमेरिकाबिच रक्षा सम्बन्धहरूमा अविश्वसनीय मजबूती आएको छ। दक्षिण एशियाको निम्ति रक्षा नीतिका सेक्रेटरी अय्यरले एक बैठकमा उक्त टिप्पणी गरेका हुन्। उनले भने, हालका दुई वर्षमा दुई देशबिच रक्षा साझेदारी द्रुत गतिमा अगाड़ि बढ़िरहेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande