नेपालमा 100 किलोग्राम सून तस्करीमाथि जस्टिस आचार्य जॉंच समितिको रिपोर्टले हलचल
नेपालमा 100 किलोग्राम सून तस्करीमाथि जस्टिस आचार्य जॉंच समितिको रिपोर्टले हलचल


काठमाडौं, 15 मार्च (हि.स.)। नेपालमा 100 किलोग्राम सून तस्करीमाथि उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्य जॉंच समितिको रिपोर्टले हलचल मचिएको छ। यसमा धेरै ठूला व्यक्तिहरूको नाम सामेल छन्। समितिले जॉंच रिपोर्ट गृहमन्त्री रवि लामिछानेलाई सुम्पेको छ।

रिपोर्टमा 400 भन्दा धेरै पृष्ठ छन्। रिपोर्टमा पूर्व उपराष्ट्रपति, पूर्व स्पीकर, वर्तमान वित्तमन्त्री र पूर्व पुलिस प्रमुखको समेत नाम सामेल छन्। यस समितिले चीनको बाटो भएर दुबई र नेपालबिच हुने सून तस्करीको विस्तृत जॉंच गरेको छ।

उल्लेखनीय छ, नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा 100 किलोग्राम सून जफत गरिएको थियो। यस घटनाले देशको राजनीतिमै हलचल मचिएको थियो। यसपछि, रिटायर्ड जस्टिस आचार्यको नेतृत्वमा जॉंच समिति गठन गरिएको थियो।

रिपोर्ट आएपछि गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसॅंग चर्चा गरेका छन्। गृहमन्त्रीले रिपोर्टमा ठूला-ठूला व्यक्तिहरूको नाम रहेको बताएका छन्। शुक्रवारदेखि यसमाथि कारबाही शुरू हुने उनले बताएका छन्। गृहमन्त्री लामिछानेले आईजीपी वसन्त अर्याललाई बोलाएर कारबाहीको निर्देश दिएका छन्।

गृहमन्त्रीले पत्रकारहरूलाई भने, ‘केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो जॉंचमा संलग्न पुलिसकर्मीहरूलाई बचाउने काम गरेको छ। यस कारण पहिलो कारबाही सीआईबीमाथि हुनेछ।’

आज कुनै पनि समय सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको निलम्बन हुन सक्ने लख काटिएको छ। यस रिपोर्टमा पूर्व उपराष्ट्रपति तथा माओवादी नेता नन्दकिशोर पुनका दुवै छोरा दीपेश पुन र जीतेन्द्र पुन, पूर्व स्पीकर एवं माओवादी नेता कृष्ण बहादुर महराका पुत्र राहुल महरा, वित्त मन्त्री तथा माओवादीका उप महासचिव वर्षमान पुन, नेपाल पुलिसका पूर्व प्रमुख सर्वेन्द्रनाथ खनालको नाम उल्लेख छन्।

उल्लेख्य, जुन चीनी नागरिकहरूलाई पुलिसले पक्राउ गरेका छन्, उनीहरूसॅंग उपराष्ट्रपति नन्दकिशोर पुन र वित्त मन्त्री वर्षमान पुनका धेरै फोटोहरू स्थानीय मिडियामा प्रकाशित भइसकेका छन्। पूर्व स्पीकर महराका छोरा राहुल महरा यसै मामिलामा अहिले जेलमा बन्द छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande