नेपाल-भारत अन्तरराष्ट्रिय संस्कृत सम्मेलन 27 देखि 29 मार्चसम्म काठमाडौंमा
नेपाल-भारत अन्तरराष्ट्रिय संस्कृत सम्मेलन 27 देखि 29 मार्चसम्म काठमाडौंमा


काठमाडौं, 20 मार्च (हि.स.)। नेपालको राजधानी काठमाडौंमा तीन दिवसीय नेपाल-भारत अन्तरराष्ट्रिय संस्कृत सम्मेलनको आयोजन 27 मार्चदेखि हुनेछ। यसमा दुई देशका चार दर्जनभन्दा धेरै विद्वानहरूले भाग लिने सम्भावना छ। नीति अनुसन्धान प्रतिष्ठान नेपालको यस आयोजनमा भारतको केन्द्रिय संस्कृत विश्वविद्यालय र इण्डिया फाउण्डेशनको सहयोग प्राप्त छ।

सम्मेलनका संयोजक डा. प्रेमराज न्यौपानले उक्त जानकारी पत्रकार सम्मेलनमा दिए। न्यौपानेले भने, यस सम्मेलनमा भारतका विभिन्न विश्वविद्यालयका उपकुलपतिले भाग लिनेछन्। नेपाल संस्कृत विश्वविद्यालयका सह प्राद्यापक रहेका डा. न्यौपानले भने, नेपालबाट लगभग तीन दर्जन र भारतबाट 40 भन्दा धेरै विशेषज्ञहरूको उपस्थिति रहनेछ।

उनले भने, संस्कृत हाम्रो आफ्नो र पहिलो भाषा हो। यसलाई लिएर जति कार्य गरिनु पर्छ, त्यो अहिलेसम्म भएको छैन। संस्कृतलाई जन-जनको भाषा बनाउनु पर्ने आवश्यकता छ।

नीति अनुसन्धान प्रतिष्ठानका निदेशक डा. दीपक अधिकारीले भने, यस कार्यक्रमलाई हामीलाई एक अभियानको रूपमा लिएका छौ। संस्कृत भाषालाई प्राथमिक स्तरदेखि विश्वविद्यालय स्तरसम्म कसरी जोड्न सकिन्छ, यसलाई लिएर जनजागरण आवश्यक छ। उनले केवल सरकारमाथि निर्भर रहेर संस्कृतको विकास र विस्तार सम्भव छैन भनी बताए।

काठमाडौंको पार्क विलेज रिसोर्टमा हुने सस सम्मेलनमा नेपालको संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमडौं विश्वविद्यालय, पूर्वांचल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहनेछ। भारतका केन्द्रिय संस्कृत विश्वविद्यालय, दिल्ली विश्वविद्यालय सहित अन्य विश्वविद्यालयहरूका उपकुलपति तथा भाषा विशेषज्ञहरूको उपस्थिति रहनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande