प्रेमीद्वारा प्रेमिकाको बन्चरोले काटेर हत्या
प्रेमीद्वारा प्रेमिकाको बन्चरोले काटेर हत्या


जालौन, 28 मार्च (हि.स.)। जिल्लाको आटा थाना क्षेत्रमा गए बुधवार राती एक प्रेमीले हृदयविदारक घटनालाई परिणाम दियो। प्रेमीले सामान्य विवादमै आफूभन्दा उमेरमा ठूलो प्रेमिकालाई जंगलमा लिएर गएर बन्चरोले काट्यो। हत्याको सूचना पाए लगत्तै पुलिसका वरिष्ठ अधिकारी, फोर्स औ फोरेन्सिक टीम घटनास्थलमा पुगे। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर घटनाको जाँचमा जुट्यो साथै आरोपीलाई बन्चरोसितै पक्राउ गऱ्यो।

आटा थाना क्षेत्रमा उर्मिला (50) र जितेन्द्र (32)-माझ प्रेस प्रसंग चलिरहेको थियो। बितेको बुधवार राती दुवै सँगै घरतिर आइरहेका थिए। यस अवधि प्रेमिका उर्मिला आफ्ना बाख्राहरूलाई लिएर अर्को बाटो भएर घरतिर जान लागी। यसैलाई लिएर उर्मिला र जितेन्द्रमाझ बहस हुनथाल्यो। त्यसपछि जंगलको बाटोमा प्रेमी जितेन्द्रले उर्मिलामाथि अचानक बन्चरोले प्रहार गऱ्यो जसले गर्दा उसको मृत्यु भयो। हत्याको जानकारी पाउनसाथ जालौनका अप्पर पुलिस अधीक्षक असीम चौधरी, आटा थाना पुलिस तथा फोरेन्सिक टीमले घटनास्थलमा पुगेर अनुसन्धान गरे।

उनीहरूले बताए, आटा नगर निवासी महिला उर्मिलाको दीनानाथ यादवको छिमेकमा बस्ने युवक जितेन्द्र यादव (32)-सित विगत केही महिनादेखिको प्रेम प्रसंग चलिरहेको थियो। उर्मिला र जितेन्द्रले सँगै गाउँको एक साहुकारको खेतीमा माटर काट्ने काम गर्थे। त्यैबेला जितेन्द्रले महिलाको बन्चरोले प्रहार गरी हत्या गरिदियो। आरोपीलाई बन्चरोसितै पक्राउ गरिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande