केजरीवालले जस्तै महुआ मोइत्राले पनि ईडीको समनलाई बेवास्ता गरिन्, भनिन्- प्रचारमा व्यस्त छु
केजरीवालले जस्तै महुआ मोइत्राले पनि ईडीको समनलाई बेवास्ता गरिन्, भनिन्- प्रचारमा व्यस्त छु


कोलकाता, 28 मार्च (हि.स.)। आबकारी नीति भ्रष्टाचार मामिलामा पक्रा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जस्तै तृणमूल कंग्रेसकी नेता महुमा मोइत्राले पनि प्रवर्तन निदेशालय (ईडी)- को समनलाई बेवास्ता गरिदिएकी छन्। उनलाई जाँचबुझको लागि आज केन्द्रिय एजेन्सीले बोलाएको थियो, तर उनले बिहीवार स्पष्ट पारेकी छन्, अहिलेघरि चुनाउ प्रचारमा व्यस्त रहेको कारणले उनी जानेछैनन्।

तृणमूल नेताले भनेकी छन्, उनी आफ्नो कृष्णानगर लोकसभा क्षेत्रमा प्रचार गर्नेछन्। जबकि उनलाई दिल्लीस्थित ईडी कार्यालयमा उपस्थित हुने समन जारी गरिएको छ। उनले संवाददाताहरू समक्ष भनिन्, ''म आज अपरान्ह कृष्णानगर निर्वाचन क्षेत्रमा प्रचारको लागि जानेछु।''

ईडीले विदेशी मुद्रा प्रबन्धन अधिनियम (फेमा)- को उल्लंघनको मामिलामा जाँचबुझको लागि मोइत्रा तथा दुबईस्थित व्यवसायी दर्शन हीरानन्दानीलाई नयाँ समन जारी गरेको थियो। तृणमूलकी 49 वर्षीय नेता महुआ मोइत्रालाई केन्द्रिय एजेन्सीले पहिला पनि दुईपटक जाँचबुझको लागि बोलाएको थियो, तर उनी पेश भइनन्। उनले आधिकारिक कामको आधारमा नोटिसलाई स्थगित गर्ने माग गरिन्।

मोइत्रालाई गत दिसम्बरमा घूस लिएर संसदमा प्रश्न उठाएको अनैतिक आचरणको लागि लोकसभाबाट निष्कासित गरिएको थियो। उनलाई उनको पार्टीले आगामी लोकसभा चुनाउको लागि पश्चिम बंगालको कृष्णानगर सीटबाट फेरि उम्मेद्वार बनाएको छ। केन्द्रिय अन्वेषण एजेन्सी (सीबीआई)- ले कथित रूपमा पैसा लिएर प्रश्न सोधेको सम्बन्धमा गए शनिवार तृणमूल नेताको परिसरमा छापा मारेको थियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande