कोलकाता एयरपोर्टमा सीआईएसएफ जवानले आफैमाथि गोली ठोके
कोलकाता एयरपोर्टमा सीआईएसएफ जवानले आफैमाथि गोली ठोके


कोलकाता, 28 मार्च (हि.स.)। कोलकाताको नेताजी सुभाष चन्द्र बोस इन्टरनेशनल एयरपोर्टमा बिहीवार एक सीआईएसएफ जवानले आफैमाथि गोली ठोकेर आत्महत्या गरे। मर्निंग रूटिनको क्रममा एयरपोर्टमा तैनाथ सबै जवानहरू गोली चलेको आवाज सुनेर घटनास्थलमा पुगे।

घटनास्थलमा जवानहरूले आफ्नो साथी जवानलाई रगताम्मे अवस्थामा भुइँमा लड़ेको पाए। जवानलाई तत्काल नजिकैको अस्पतालमा भर्ती गरियो, तर उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। मृतक जवानको पहिचान सी विष्णु (25)- को रूपमा भएको छ।

मूल रूपमा तेलंगाना निवासी सी विष्णु वर्ष 2022-मा सीआईएसएफमा भर्ती भएका थिए। उक्त घटनाको कारणले एयरपोर्ट परिसर तनाउग्रस्त भएको छ। सीआईएसफका शीर्ष अधिकारीहरू स्थानीय पुलिससित मिलेर घटनास्थलमा पुगे। हाल आत्महत्याको कारण पत्तो लगाउने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande