मणिपुरमा यूएनएलएफ-केका दुई क्याडर समेत चार उग्रवादी समातिए
मणिपुरमा यूएनएलएफ-केका दुई क्याडर समेत चार उग्रवादी समातिए


इम्फाल, 28 मार्च (हि.स.)। मणिपुरमा निरन्तर रूपमा हतियारहरू जफत गरिनका साथै उग्रवादीहरूलाई कब्जामा लिने क्रम जारी छ। यसै क्रममा सुरक्षा बलहरूले शुरू गरेको अभियानमा दुई यूएनएलएफ-केका क्याडर समेत चारजना उग्रवादीहरूलाई पक्राउ गरिएको छ। यिनीहरूबाट तीन एसएलआर राइफल सहित अन्य सामग्रीहरू पनि जफत गरिएको छ।

मणिपुर पुलिसले बिहीवार बतायो, पुलिसले बिष्णुपुर जि ल्लाको आईवी रोड, मोइरांग थोयादेखि ट्रोंग्लाओबीसम्म चारजना उग्रवादीहरूलाई पक्राउ गरेको छ जसको पहिचान सलाम रमेश्वर सिंह (48), टोंगब्रम ज्ञानजित सिंह उपना चिंगलेनसाना (39, यूएनएलएफ-केका क्याडर), पुख्रेम इंगोचा सिंह (40) औ थोकचोम टेम्बा उपनाम वाखेइबा (50, यूएनएलएफ-केका क्याडर)- को रूपमा गरिएको छ।

पुलिसले यिनीहरूको कब्जाबाट तीन एसएलआर राइफल, चार खाली म्यागजिन, 20 लाइभ राउण्ड, सातवटा मोबाइल फोन, बाओफेंग वकी टकी सेट औ दुईवटा कार, ब्याग र अन्य सामानहरू जफत गरेको छ। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande