गला दबाएर पत्नीको हत्या गरेपछि पतिले आत्महत्या गऱ्यो
गला दबाएर पत्नीको हत्या गरेपछि पतिले आत्महत्या गऱ्यो


देहरादून, 29 मार्च (हि.स.)। देहरादूनमा एउटा सनसनीपूर्ण घटना अघि आएको छ। पत्नीको हत्या गरेपछि पतिले ट्रेनमा हाम फालेर आत्महत्या गऱ्यो। घटना बारे जानकारी पाएपछि परिवारमा शोक व्याप्त भएको छ।

उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको निघासन थाना अन्तर्गत दवाई पूर्व निवासी ज्ञानप्रकाश आफ्नी पत्नी रामबेटीसित देहरादूनको चकशाह नगरको नेहरू कलोनीमा बस्दै आएको थियो। ज्ञानप्रकाशले घरतिर रंग दल्ने सहित श्रमिकको काम गर्थ्यो। गए बिहीवार सूचना प्राप्त भयो, एक व्यक्तिले लक्सर रेलवे स्टेशन नजिक ट्रेनमा हाम फालेर आत्महत्या गरेको छ।

घटनास्थलमा पुगेको जीआरपी लक्सरले मृतकको मोबाइलबाट परिवारको नम्बर लिएर उनीहरूसित सम्पर्क गरेपछि मृतकको पहिचान खोलियो। मृतकको परिवारले लखिमपुरबाट मृतकको फुपालाई घटनाको सूचना दियो। त्यसपछि घटनास्थलमा पुगेको फुपाले मृतकको कोठामा गएर हेर्दा कोठा बन्द थियो। पुलिसलाई बोलाएर कोठा खोलाउँदा मृतक ज्ञानप्रकाशकी पत्नी रामबेटीलाई कोठाभित्र मृत अवस्थामा भेटियो। मृतकाको गलामा कुनै वस्तुले रगड़ेको निशान थियो। यी दुईको विवाह भएको सात वर्ष बितेको थियो।

छिमेकीहरूले बताए अनुसार दुई पति-पत्नीमाझ प्रायजसो नै झगड़ा भइरहन्थ्यो। मामिलाको प्रारम्भिक जाँचमा थाहा लागे अनुसार पत्नीको हत्या गरेपछि ज्ञानप्रकाशले लक्सरमा गएर आत्महत्या गरेको थियो। घटनालाई लिएर मृतकका फुपा बलराम, पुत्र रामचन्द्र निवासी बेलरायाँ थाना तिकुनिया, जिल्ला लखिमपुर खिरी, उत्तर प्रदेशले थाना नेहरू कलोनीमा रिपोर्ट गरेपछि मुद्दा दर्ता गरिएको छ। पुलिसले मृतकाको शवलाई पोस्टमर्टम गर्न पठाएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande