अध्यक्ष मोहन घिसिङको उपस्थितिमा दार्जीलिङमा गोरामुमो केन्द्रिय समितिको सभा सम्पन्न
अध्यक्ष मोहन घिसिङको उपस्थितिमा दार्जीलिङमा गोरामुमो केन्द्रिय समितिको सभा सम्पन्न


दार्जीलिङ, 29 मार्च (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय समितिको सभा आज केन्द्रिय कार्यालय, दार्जीलिङमा सम्पन्न भयो। गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा सम्पन्न भएको सभालाई केन्द्रिय समिति सेक्रेटरी जनरल एनबी छेत्रीले सञ्चालन गरेका थिए।

सभामा विधायक एवं गोरामुमो केन्द्रिय समिति सेक्रेटरी जनरल निरज जिम्बा, केन्द्रिय समिति उपाध्यक्ष पीसी अग्रवाल लगायत केन्द्रिय नेतृत्वहरू र सदस्यहरूको उपस्थिति रहेको थियो।

सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता वाई लामाले भने, राजु विष्टले टिकट पाउनु भनेको हाम्रो मुद्दा पार लगाउनु हो। गोर्खाहरुको मुद्दाको निम्ति राजु विष्टले धेरै कार्य गरिसकेका छन्। अब पार लगाउनुको निम्ति सबै गोर्खा जातिले राजु विष्टलाई भारीमतले जिताउनु सबैको जिम्मेवारी हो।

उनले अझ भने, गोपाल लामाले जित्नु भनेको हाम्रो मुद्दामा सदाको निम्ति ताला लाग्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको समस्याको समाधान नजिक रहेको बताइसक्नु भएको छ। राजु विष्टलाई जिताउनु भनेको केवल सांसद बनाएर पठाउनु मात्र होइन तर गोर्खा जातिको मुद्दा पार लगाउनु हो। यसैकारण सम्पूर्ण गोर्खा जाति एक भएर अब जातिको मुद्दालाई फत्ते गरौं भनी वाई लामाले अपील गरेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande