मणिपुरमा भारी मात्रामा हतियार औ गोला-बारूद जफत
मणिपुरमा भारी मात्रामा हतियार औ गोला-बारूद जफत


इम्फाल, 29 मार्च (हि.स.)। मणिपुरमा हतियार औ गोला-बारूद दिनहुँ फेला परिरहेको छ। यसै क्रममा संयुक्त सुरक्षा बलहरूको अभियानमा भारी मात्रामा हतियार अनि गोला-बारूद जफत गरियो। मणिपुर पुलिसले आज बतायो, सुरक्षा बलहरूद्वारा पहाड़ी औ उपत्याका दुवै जिल्लाका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान एवं क्षेत्र प्रभुत्व संचालन गरियो।

खोजी अभियान अवधि एक स्थानीय निर्मित पोम्पी आरएल, दुई स्थानीय निर्मित सिंगल ब्यारल, एक म्याग्जिनसितै एक एसएमसी कार्बाइन, 11 ह्याण्ड ग्रेनेड, दुई एनएमएम माइन बम, तीन पोम्पी शेल, दुई प्यारा शेल, दुई म्यागजिन, चार ग्रेनेड लन्चर, दुई प्यारा शेल सैटन औ कभर सहित 15 जीवित गोला बारूद संथोंग नहर, बिष्णुपुर जिल्लाबाट जफत गरियो। राज्यभरि नै सुरक्षा बलहरूद्वारा छापामारी अभियान संचालन गरिँदैछ।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande