एमएन शेर्पाले चुनावी प्रचारलाई तेज गरे
एमएन शेर्पाले चुनावी प्रचारलाई तेज गरे


गान्तोक, 29 मार्च (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको दरामदिन समष्टिका उम्मेदवार मिङ्मा नर्बु शेर्पाले आफ्नो चुनावी प्रचार तेज गरेका छन्। आज उनलाई क्षेत्रवाशीले राङगङ्ग पुलमा भव्य स्वागत जनाए। हिजो नामाङ्कन पत्र जाँचमा योग्य ठहरिएपछि आजदेखि क्षेत्रमा उनले चुनावी प्रचार तेज गरेका हुन्।

सैयौं गाड़ीको ताँतीसहित उनले क्षेत्रका विभिन्न गुम्पा, मन्दिर अनि चर्चहरूमा पुगेर पूजा अर्चना गरेर चुनाउमा जितको निम्ति प्रार्थना गरे। उनले आफ्नो निजी वासस्थानमा पुगेर आफ्ना समर्थक अनि क्षेत्रवासीलाई सम्बोधन गरे।

आफ्नो सम्बेधनको क्रममा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अध्यक्ष प्रेमसिंह तामाङले आफूमाथि विश्वास गरेर फेरि क्षेत्रलाई प्रतिनिधित्व गर्नको निम्ति टिकट दिएकोमा आभार व्यक्त गरे। चुनाउमा विजयी बनेर फेरि जनताको निम्ति अनेकौं कार्यहरू गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार


 rajesh pande