भान्जाको हत्या गर्ने मामा पक्राउ
भान्जाको हत्या गर्ने मामा पक्राउ


मोरीगाउँ (असम), 28 मार्च (हि.स.)। मोरीगाउँ जिल्लाको न-नयनगुड़ी क्षेत्रमा एक व्यक्तिद्वारा आफ्नै भान्जाको ज्यान लिइएको घटनाले सम्पूर्ण क्षेत्रलाई त्राहीमाम-त्राहीमाम बनाएको छ। पुलिसले शुक्रवार बतायो, जिल्लाको न-नयनगुड़ी क्षेत्रमा भूमि विवादलाई लिएर आरोपी मामा रूपन लस्करले आफ्नै भान्जा भौमिक कोंवरमाथि धारिलो हतियारले प्रहार गरी ज्यान लियो।

घटनाको सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिस टीमले भान्जाको हत्याको आरोपमा रूपन लस्करलाई पक्राउ गऱ्यो। पुलिसले मृतकको शवलाई कब्जमा लिएर पोस्टमर्टम गर्न मोरीगाउँ सदर अस्पतालमा पठाएको छ।

पुलिसले हत्यामा प्रयोग गरिएको दावलाई जफत गरेको छ। घटनालाई लिएऱ पुलिसले हत्याको मामिला दर्ता गरी जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande