नवादामा नाबालिकसित बलात्कार, कुकर्मी पक्राउ
नवादामा नाबालिकसित बलात्कार, कुकर्मी पक्राउ


नवादा, 29 मार्च(हि.स.)। नवादा जिल्लाको रूपौ थाना क्षेत्र अधिनस्थ एउटा गाउँमा शुक्रवार खुल्लामा दिशा गर्न गएकी नाबालिकसित सामूहिक बलात्कार भएको घटना अघि आएको छ।

पुलिसले यस मामिलामा एकजना आरोपीलाई पक्राउ गरेको छ भने अर्को आरोपीलाई पक्राउ गर्न छापामारी गरिरहेको छ। पीड़िता आठौं श्रेणीमा अध्ययनरत् छे। घटना आज बिहान भएको बताइएको छ।

नाबालिक किशोरी आफ्नो घरदेखि केही टाड़ा दिशा गर्नको लागि गएकी थिई। यसै अवधि मौका छोपेर दुईजना युवकहरूले उसलाई मुख थुनेर गहुँको खेतमा लिएर गए। त्यसपछि उसित बलात्कार गरे। नाबालिक किशोरी घटनास्थलमै मुर्छित भई। किशोरीलाई मृत ठानेर दुवै दुष्कर्मीले घटनास्थल नजिकै अवस्थित कुवामा फाल्ने प्रयास गरिरहेका थिए। त्यैबेला उक्त बाटो भएर गुज्रिरहेका एकजना बटुवाको दृष्टि त्यतातिर पऱ्यो। उसले चिच्याउन थालेपछि दुष्कर्मीहरू घटनास्थलबाट भागे।

सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले पीड़िताबाट सम्पूर्ण घटनाको जानकारी लियो। त्यसपछि त्वरित कारबाही गर्दै पुलिसले गाउँकै दुष्कर्मी कुन्दन, पिता बिरजू यादवलाई पक्राउ गऱ्यो भने अर्को दुष्कर्मीलाई पक्राउ गर्नकोलागि पुलिस प्रयासरत् छ। रोह थाना क्षेत्रको रूख्की गाउँको बासिन्दा दोस्रो दुष्कर्मी आफ्नो मामा रवीन्द्र यादवको घरमा बस्दै आइरहेको थियो।

यस सन्दर्भमा थानाध्यक्ष बसन्त कुमारले बताए, पीड़िताको चिकित्सकीय परीक्षण गराइएको छ। पीड़िताका पिताको आवेदनमा प्राथमिकी दर्ता गरी पुलिसले अग्रिम कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande